arrow

घरको दलिनमा झुण्डाएर श्रीमान्‌को हत्या

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर २७ मंगलबार

काठमाडौं । एक श्रीमतीले आफ्नै श्रीमानलाई घरको दलिनमा झुण्डाएर हत्या गरेकी छन् । अर्घाखाँचीको छत्रदेव गाउँपालिका १ की लक्ष्मी नेपालीले आफ्नै श्रीमान् ७७ वर्षीय बल बहादुर सार्कीको हत्या गरेकी हुन् । 

प्रहरीका अनुसार उनीहरुबीच विवाद भई झैँ-झगडा हुँदा बल बहादुर सार्कीले श्रीमतीलाई कुटपिट गरेको का थिए । सोही रिसले लक्ष्मीले आफूले कम्मरमा बाँधेको पटुका निकाली बल बहादुरको घाँटीमा पासो लगाई घरको दलिनमा झुण्डाइ हत्या गरेको खुलेको छ । 

घटना पश्चात् प्रहरीले लक्ष्मीलाई पक्राउ गरेको छ । लक्ष्मीमाथि जिल्ला अदालत अर्घाखाँचीबाट सात दिन म्याद थप गरी प्रहरीले अनुसन्धान गरिरहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ