arrow

झलनाथ खनालले दिए सर्वोच्चमा रिट

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर २७ मंगलबार
jhalanath-khanel-1619874717.jpeg
तस्बिर – फाइल ।

काठमाडौं । सर्वोच्च अदालतमा पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले आफू उम्मेदवार रहेको इलाम–१ को निर्वाचन बदर गर्न माग गर्दै आज रिट निवेदन दायर गरेका छन् ।

रिट निवेदनमा निर्वाचन अधिकृतले गरेको निर्वाचन परिणाम घोषणा बदर गरी पुनः मतदान हुनुपर्ने माग छ । संवैधानिक इजलासमा दायर गरिएको रिट निवेदनमा निर्वाचन आयोग, इलाम–१ को निर्वाचन अधिकृतको कार्यालय, इलामको मुख्य निर्वाचन अधिकृत, जिल्ला निर्वाचन कार्यालय इलाम, जिल्ला निर्वाचन अधिकारीसहित सङ्घीय संसद् सचिवालय विपक्षी बनाएको छ । 

उक्त निर्वाचन क्षेत्रबाट नेकपा एमालेका महेश बस्नेतले २५ हजार सात सय ५३ मत प्राप्त गरी निर्वाचित भएका थिए भने नेता खनालले २३ हजार ८९ मत प्राप्त गरेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ