arrow

बालेनले दिए निर्वाचन आयोगमा निवेदन

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर २८ बुधबार
walendra-sah-2079-0305.jpg
तस्बिर – फाइल ।

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख वालेन्द्र साह (बालेन) ले जरिवाना मिनाहाको माग राखेर निर्वाचन आयोगमा निवेदन दिएका छन् । गत ३० बैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकाको प्रमुखमा निर्वाचित साहले तोकिएको समयमा खर्च विवरण बुझाएनन् । 

तोकिएको समय ३० दिनभित्रमा खर्च विवरण नबुझाएको भन्दै आयोगले साहलाई साढे ७ लाख रुपैयाँ जरिवाना तोकेको छ । उक्त जरिवाना ६ महिनाभित्र नबुझाएमा महानगर प्रमुखको पद नै खारेज हुने भएकाले साहले आयोगमा जरिवाना मिनाहाको निवेदन दिएका हुन् । 

आयोगमा खर्च विवरण नबुझाएका बालेनले सामाजिक सञ्जाल फेसबुकमार्फत भने सार्वजनिक गरिसकेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ