arrow

किसानलाई तालिम

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर २९ बिहिबार
kisan-talim-dudhalu.jpg

काभ्रेपलाञ्चोक । जिल्लाको बेथानचोक गाउँपालिकाको वडा नम्बर १ च्याम्राङबेशिमा कृषकहरुको लागि दुधालु गाई भैँसीको आहारा एवं ब्यवस्थापन ३ दिने तालिम कार्यक्रम सम्पन्न भएको छ । 

राष्ट्रिय दुग्ध विकास बोर्ड हरिहर भवन ललितपुरको आयोजना, मदानी डेरि उद्योग बेथानचोक १ को समन्वय र बेथानचोक गाउँपालिकाको सहयोगमा दुधालु गाई भैँसीको आहार ब्यवस्थापन तालिम कार्यक्रम बिहीबार समापन भएको हो । 

समापन कार्यक्रममा गाउँपालिका अध्यक्ष भगवान अधिकारीको प्रमुख आतिथ्यता रहेको थियो । अध्यक्ष अधिकारीले कृषकहरुको लागि आयोजना गरिने तालिम कार्यक्रमहरुले कृषक तथा जनतामा उत्साह थपेको र ब्यवसायिक पशुपालनमा लाग्न प्रेरणा मिल्ने धारणा व्यक्त गरेका थिए । 

कार्यक्रममा प्रमुख प्रशिक्षक डा. बालक चौधरी, वडाध्यक्ष मधुसुदन तिमल्सिना लगायतले आफ्नो भनाइ राखेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ