- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
विराटनगर । विराटनगर महानगरपालिका–१६ रानीस्थित १ नम्बर प्रदेश प्रहरी कार्यालयमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । नेपाल प्रहरी श्रीमती संघ र विराटनगरस्थित नोबेल शिक्षण अस्पतालको सहकार्यमा एक दिने शिविर सञ्चालन गरिएको हो ।
प्रहरी कार्यालयको हाताभित्र सञ्चालित शिविरमा नोबेल अस्पतालका नाक, कान, घाँटी, आँखा, दाँत, छाला तथा यौन रोग, हाडजोर्नी तथा नशा, जनरल मेडिसिन, स्त्री रोग र फोक्सो रोगका विशेषज्ञ डाक्टरहरुको टोलीले स्वास्थ्य परीक्षण गरेको हो ।
शिविरमा २ सय ८५ जना पुरुष, ७६ जना महिला र १० जना बालबालिका गरी जम्मा ३ सय ७१ जनाको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको नोबेलका प्रबन्धक नारायण दाहालले जानकारी दिए । जसमध्ये ९७ जनाको रक्त परीक्षण, ७५ जनाको ईसीजी र १ सय २ जनाको भिडियो एक्सरे गरिएको छ ।
शिविरमा पूर्व प्रहरी, अमर तथा अशक्त प्रहरीका छोराछोरी, प्रहरी कर्मचारी र उनीहरुको परिवारका सदस्यहरुको स्वास्थ्य परीक्षण गरिएको हो ।
शिविरमा स्वास्थ्य परीक्षणपश्चात समस्या देखिएका बिरामीका लागि निःशुल्क औषधिकोसमेत व्यवस्था मिलाइएको थियो ।