arrow

विजयी नेतृहरू एकाविहानै पुगे सिटौला निवास, सिटौलाले यसरी दिए बधाई

logo
प्रकाशित २०७३ असोज १ शनिबार
Women-Leader-at-sitaula-niwas.jpeg
काठमाडौं। नेपाल महिला संघको सम्पन्न महाधिवेशनमा विजयी भएका महिला नेतृहरुले खुशियाली मनाउन सिटौला निवास पुगेका छन् । शुक्रबार विहान भएको मतपरिणाम अनुसार देउवा सिटौला समूहको प्यानलै विजयी भएपछि विजयीहरू आफ्ना समर्थक सहित एकाविहानै सिटौला निवास पुगेर खुशीयाली स्वरूप लड्डु बाँडेका छन्। 
 
विजयीहरूलाई नेपाली काँग्रेसका केन्द्रीय सदस्य समेत रहेका कृष्णप्रसाद सिटौलाले अविर लगाएर स्वागत गरेका थिए भने सफल कार्यकालको शुभकामना पनि दिएका थिए। उक्त मत परिणाम अनुसार अध्यक्षमा निर्वाचित उमा रेग्मीले ९९८ र प्रत्यासी मिना पाण्डेले ७९६ मत ल्याएकी छिन्। महासचिवमा विजयी धना खतिवडाले ९६८ र प्रत्यासी गोमा केसीले ७७६ मत ल्याएकी छिन्। कोषाध्यक्षमा विजयी भएकी जानकी सिंहले ९११ मत ल्याएकी छिन्। उमा र धनाको संयुक्त प्यानलमा देउवा पक्षको ३३ र सिटौला समुहका २३ जना निर्वाचित भएका छन्। 
 
नेपाली काँग्रेसको भातृ संस्थामा देउवा–सिटौलाको संयुक्त प्यानलको यो दोस्रो ठूलो जीत हो। महिला संघको जीतलाई नेविसंघको भन्दा पनि ठूलो जीत मानिएको छ। नेविसंघमा बरिष्ठ नेता रामचन्द्र पौडेल निकटले पनि जीत निकालेका थिए। नेविसंघमा देउवा सिटौला र पौडेल पक्ष लगभग हाराहारीमा निर्वाचित भएका थिए। यो निर्वाचनको मत परिणामसँगै नेपाली काँग्रेसमा शक्ति समीकरणमा पनि परिवर्तन आउने आकलन गर्न थालिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ