arrow

मानव बेचबिखनमा संलग्न रहेको अभियोगमा दुई जना चिनियाँ पक्राउ

logo
रासस,
प्रकाशित २०७९ पुष ८ शुक्रबार
china-arrested.jpg
फाइल तस्बिर

काठमाडौँ। नेपाल प्रहरीले मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा दुई चिनियाँ नागरिकलाई पक्राउ गरेको छ। प्रहरीले मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा काठमाडौँ ठमेल बस्ने चिनियाँ नागरिक द्वय ३० वर्षीय चेन याङ र ३३ वर्षीय रूआन चाओहोङलाई आज पक्राउ गरिएको जानकारी दिएको छ।

उनीहरूले तीन जना नेपाली नागरिकलाई फ्री भिसा र फ्री टिकटमा लाओसमा अनलाइन सेल्स मार्केटिङको काममा लगाइदिने र मासिक एक हजारदेखि एक हजार पाँच सय डलरसम्मको कमाइ हुन्छ भन्दै प्रलोभनमा पारी गत भदौ १७ मा काठमाडौँबाट भारत, थाइल्यान्ड हुँदै लाओस पुर्‍याएका थिए।

त्यहाँ पुर्‍याएपछि बिट क्वाइनमा ईन्भेष्ट गराउने लगायतका गैर कानुनी काम लगाउनुको साथै दुई महिना काम लगाई पीडितहरूबाट उल्टै तीन लाख ९० हजार रकमसमेत लिई लाओसमा मानसिक यातना दिएको अवस्थामा आफन्तको सहयोगमा गत कात्तिक २५ गते उनीहरू नेपाल फर्किएका थिए।

उक्त कार्यमा संलग्नमध्ये एक जनालाई काठमाडौँ ठमेल र एक जनालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मानव बेचबिखन अनुसन्धान ब्युरोको प्रहरीले पक्राउ गरेको हो।

निजहरूलाई काठमाडौँ जिल्ला अदालतको आदेशले पुर्पक्षका लागि थुनामा राख्न कारागार कार्यालय जगन्नाथदेवल सुनधारामा चलान गरिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ