arrow

नाम अनुसारको काम : ठगबहादुरमाथि प्रहरीले लियो एक्सन

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष १३ बुधबार
thakbahadur.jpg

काठमाडौं ।  नाम अनुसारको काम गर्ने डिएसपी ठगबहादुर केसीलाई नेपाल प्रहरीले एक्सन लिएको छ । प्रहरीले घुस प्रकरणमा मुछिएका इलाका प्रहरी कार्यालय बुटवल रुपन्देहीका प्रहरी नायब उपरीक्षक (डिएसपी) ठगबहादुरलाई निलम्बनका लागि गृह मन्त्रालयमा सिफारिस गरेको छ । 

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक टेकप्रसाद राईले उनलाई निलम्बनका लागि मंगलबार गृहमन्त्रालयमा सिफारिस गरिएको जानकारी दिए । उक्त घटनाका सन्दर्भमा आवश्यक प्रक्रिया अघि बढाइएको मन्त्रालयले जनाएको छ । 

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइवी)को टोलीले अवैध गतिविधि (सुन व्यवसायीसँग घुस मागेको प्रकरण) मा संलग्न रहेको आरोपमा उनलाई आइतबार राति पक्राउ गरेको थियो । 

क्युरोको टोलीले बुटवलका खिलेन्द्रसिंह जिसीलाई रुपन्देहीको कालिकानगरस्थित महाराजा रिसोर्टको क्याविनमा रु नौ लाख ५० हजार रकमको चेक र उनको झोलामा सुनजस्तो देखिने ३४ तोला २१ लालको पहेँलो धातुसहित पक्राउ गरेको थियो । उनीसँग गरिएको अनुसन्धानका क्रममा स्थानीय व्यवसायी किसन विक र डिएसपी केसीको आपसी सम्बन्ध रहेको खुलेपछि उनको निवासमा पुगेर प्रहरीले पक्राउ गरेको थियो । 

उनको घरमा खानतलासी गर्दा नगद रु आठ लाख ५० हजार  फेला पारी बरामद गरिएको सिआइवीका प्रहरी उपरीक्षक कमल थापाले जानकारी दिए । सिआइवीको टोलीले त्यसपछि बदामद भएको रकम, सुनजस्तो देखिने पहेँलो धातु र ठगबहादुर केसी तथा खिलेन्द्रसिंह जिसीलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा बुझाइएको थियो । प्रहरीका अनुसार उनीमाथि व्यापारीसँग सुन नियन्त्रणमा लिएर आफैँ राखेको र सुन फिर्ताका लागि घुस लिएको आरोप छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ