arrow

रोनाल्डोले पाए करिब ५ करोडको कार

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष १३ बुधबार
Cristiano-Ronaldo-.jpg

काठमाडौं । कतार विश्वकप पोर्चुगलका स्टार फुटबलर क्रिष्टियानो रोनाल्डोका लागि खासै राम्रो रहेन । उनको टोली विश्वकपबाट क्वाटर फाइनलबाटै बाहिरिएको थियो । 

सो समय रोनाल्डो रुँदै मैदानबाट बाहिरिएका थिए । बहुप्रतिक्षित फिफा विश्व ट्रफी उचाल्ने लक्ष्यका साथ पोर्चुगल विश्वकपमा प्रवेश गरेको थियो तर क्वार्टरफाइनलमा मोरक्कोसँग उसको सपना चकनाचुर भयो।

अब रोनाल्डोलाई खुशी पार्ने प्रेमिका जर्जिना रोड्रिग्वेजले रोनाल्डोलाई उत्कृष्ट उपहार दिएकी छन् । जर्जियाले रोनाल्डोलाई लक्जरी कार रोल्स रोयस डन उपहार दिएकी छन् । सो कारको मूल्य करिब ४ करोड ७८ लाख नेपाली रुपैयाँ रहेको छ । जर्जियाले आफ्ना छोराछोरीलाई पनि अद्भुत उपहार पनि दिएकी छन्।

जर्जिया र रोनाल्डो २०१६ देखि सँगै छन् । क्रिसमसको अवसरमा जर्जियाले आफ्नो पूरै घरलाई मैनबत्ती बालेर भव्य रूपमा सजाएकी थिइन् । रातो रङ्गको कपडामा देखिएकी जर्जिया उत्कृष्ट बेली डान्सर पनि हुन् ।

विश्वकपमा पनि जर्जिया आफ्ना सन्तान लिएर कतार पुगेकी थिइन् । त्यहाँ उनले रोनाल्डो र पोर्चुगल टोलीलाई समर्थन गरेकी थिइन्। रोनाल्डोले हालै इङ्लिस फुटबल क्लब म्यानचेस्टर युनाइटेड छोडेका छन् । अब रोनाल्डोले साउदी अरेबियाको क्लबसँग छिट्टै सम्झौता गर्न सक्ने खबर आएको छ ।

रोनाल्डो फेब्रुअरी ५ मा ३८ वर्ष पुग्नेछन् । यस्तो अवस्थामा उनलाई अर्को विश्वकप खेल्न निकै गाह्रो रहेको छ । हालैको कतार विश्वकप लियोनल मेस्सीको कप्तानीमा अर्जेन्टिना च्याम्पियन बनेको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ