arrow

क्रिष्टियानो रोनाल्डोलाई उपहार

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष १३ बुधबार
ronaldo-cars.jpg

काठमाडौं । पोर्चुगल खेलाडी क्रिष्टियानो रोनाल्डोलाई प्रेमिका जर्जिना रोड्रिग्वेजले रोनाल्डोलाई उपहार दिएकी छन् । जर्जियाले रोनाल्डोलाई लक्जरी कार रोल्स रोयस डन उपहार दिएकी छन् । सो कारको मूल्य करिब ४ करोड ७८ लाख नेपाली रुपैयाँ रहेको छ । जर्जियाले आफ्ना छोराछोरीलाई पनि अद्भुत उपहार पनि दिएकी छन्।

जर्जिया र रोनाल्डो २०१६ देखि सँगै छन् । क्रिसमसको अवसरमा जर्जियाले आफ्नो पूरै घरलाई मैनबत्ती बालेर भव्य रूपमा सजाएकी थिइन् । रातो रङ्गको कपडामा देखिएकी जर्जिया उत्कृष्ट बेली डान्सर पनि हुन् ।

कतार विश्वकप पोर्चुगलका स्टार फुटबलर क्रिष्टियानो रोनाल्डोका लागि खासै राम्रो रहेन । उनको टोली विश्वकपबाट क्वाटर फाइनलबाटै बाहिरिएको थियो ।  सो समय रोनाल्डो रुँदै मैदानबाट बाहिरिएका थिए । बहुप्रतिक्षित फिफा विश्व ट्रफी उचाल्ने लक्ष्यका साथ पोर्चुगल विश्वकपमा प्रवेश गरेको थियो तर क्वार्टरफाइनलमा मोरक्कोसँग उसको सपना चकनाचुर भयो।

विश्वकपमा पनि जर्जिया आफ्ना सन्तान लिएर कतार पुगेकी थिइन् । त्यहाँ उनले रोनाल्डो र पोर्चुगल टोलीलाई समर्थन गरेकी थिइन्। रोनाल्डोले हालै इङ्लिस फुटबल क्लब म्यानचेस्टर युनाइटेड छोडेका छन् । अब रोनाल्डोले साउदी अरेबियाको क्लबसँग छिट्टै सम्झौता गर्न सक्ने खबर आएको छ । रोनाल्डो फेब्रुअरी ५ मा ३८ वर्ष पुग्नेछन् । यस्तो अवस्थामा उनलाई अर्को विश्वकप खेल्न निकै गाह्रो रहेको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ