arrow

शनिबार हुँदै लुम्बिनी प्रदेश सभा सदस्यको सपथग्रहण 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष १३ बुधबार
lumbini-pradesh-sabha-bhalubang.jpg

बुटवल । नवनिर्वाचित लुम्बिनी प्रदेश सभा सदस्यहरूको सपथग्रहण १६ पुस शनिबार हुने भएको छ । प्रदेश सरकार मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले लुम्बिनी प्रदेश सभाका सदस्यहरूलाई १६ पुसमा सपथग्रहण गराउन प्रदेश प्रमुखलाई सिफारिस गरेको छ । 

मुख्यमन्त्री कुलप्रसाद केसीको अध्यक्षतमा बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेशसभा सदस्यहरूको सपथग्रहणका लागि १६ पुस र प्रदेश अधिवेशन १८ पुसमा बोलाउने गरी सिफारिस गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला, कानून तथा सञ्चारमन्त्री तिलकराम शर्माले बैठकपछि सञ्चारकर्मीहरूलाई बताए । 

यस्तै, सरकारका प्रवक्ता शर्माले लुम्बिनी प्रदेशको पूर्व सीमाना नवलपरासीमा स्वागतद्वार निर्माण गर्न स्थानीय तहलाई आग्रह गर्ने निर्णय भएकोसमेत जानकारी दिए । 

लुम्बिनी प्रदेशका सदस्यहरूलाई पहिलो पटक आफ्नो प्रदेशसभा भवन देउखुरी दाङमै सपथग्रहण गराउने तयार भएको छ । 

लुम्बिनी प्रदेश सरकारले स्थायी मुकाम राप्ती उपत्यका देउखुरी, दाङबाट सञ्चालन गरिसकेको छ भने प्रदेशसभा पनि आफ्नै नयाँ भवनबाट सञ्चालन गर्ने गरी तयारी भइरहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ