arrow

ट्विटर फाइल्स ४: ट्रम्पलाई प्रतिबन्ध गर्न दबाबमा आएर नीति फेरिएको थियो

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष १४ बिहिबार
trump-mask.jpg

काठमाडौं । ट्विटरका सीईओ एलन मस्क र स्वतन्त्र पत्रकार माइकल शेलेनबर्गरले सन् २०२१ को जनवरी ६ मा भएको क्यापिटल हिलको दंगा पछिको दिनमा कम्पनी भित्रको अराजकतालाई हाइलाइट गर्दै ट्विटरका आन्तरिक कागजातहरुको पछिल्लो किस्ता सार्वजनिक गरेका छन् ।

डोनाल्ड ट्रम्पलाई ट्विटरबाट हटाउने जनवरी ७ शीर्षकमा पत्रकार एवं लेखक शेलेनबर्गरले लामो ट्विटर थ्रेडमार्फत दबाव बढ्दै जाँदा ट्विटरका अधिकारीहरूले ट्रम्पमाथि स्थायी प्रतिबन्धको लागि मुद्दा निर्माण गरेको खुलासा गरेका हुन् ।

शेलेनबर्गरको थ्रेडले कसरी ट्विटरका कर्मचारीहरूले पहिले ट्रम्पलाई प्लेटफर्मबाट प्रतिबन्ध लगाउने आग्रहहरूको प्रतिरोध गरेका थिए भनेर देखाएबाट सुरु भएको छ । तर, त्यसपछि ट्रम्पलाई प्रतिबन्ध लगाउने आग्रहहरू कसरी तीव्र भए र दबाब आयो भन्ने कुराको खुलासा उनले गरेका छन् ।

शेलेनबर्गरले ट्रम्पको प्रतिबन्धको लागि पूर्व प्रथम महिला मिशेल ओबामा र अन्य धेरै प्रमुख व्यक्तित्वहरूबाट जनवरी ७ मा आह्वान आएको कुरा सार्वजनिक गरेका छन् ।

अर्को पोस्टमा भनिएको त्यस समयमा ट्विटरका सीईओ ज्याक डोर्सी छुट्टीमा रहेको र धेरैजसो जिम्मेवारी वरिष्ठ अधिकारीहरूलाई सुम्पिएको बिषयसमेत उल्लेख छ । सबैभन्दा बढी जिम्मेवार ट्विटरका पूर्व हेड अफ ट्रस्ट र सेफ्टी योएल रोथ जो रहेको शेलेनबर्गरले औंल्याएका छन् ।

२०१७ मा रोथले ह्वाइट हाउसमा वास्तविक नाजीह रहेको भन्दै ट्विट गरेको र अप्रिल २०२२ मा आफ्ना एक सहकमीलाई संसारमा परिवर्तन ल्याउने आफ्नो लक्ष्य हो भनेको शेलेनबर्गरले जनाएका छन् ।

थ्रेडमा भनिएको छ कि डोर्सीले जनवरी ७ मा कर्मचारीहरूलाई एउटा इमेल पठाएका थिए । जसमा उनले अस्थायी निलम्बन पछि ट्विटरमा फर्कने प्रयोगकर्ताहरूको अधिकार सहितका नीतिहरूमा एकरूपता रहन आवश्यक रहेको भनेका थिए ।

मस्कले सार्वजनिक गरे ट्विटरका काला कर्तुत

त्यो इमेलपछि रोथले एक कर्मचारीलाई 'यसको ख्याल गर्ने मानिसहरू... हामी जहाँ छौं त्यसमा खुशी छैनन्,' भनेको पाइएको छ ।

त्यसपछि बिहानको साढे ११ बजे रोथले आफ्ना सहकमीलाई ज्याकले भर्खरै पाँच पटक नीति उल्लङ्घन गर्नेलाई स्थायी रुपमा निलम्बन गर्ने सकिने विषय अनुमोदन गरेको भन्दै खुशीका समाचार भनेर म्यासेज गरेको पाइएको छ ।

त्यसमा रोथको टोलीका एक सदस्यले प्रगति भएको भन्दै रिप्लाई गरेका थिए । यसबाट उनीहरुले ट्रम्पलाई ब्यान गर्ने नीतिमा डोर्सीलाई धकेलिरहेको खुलेको छ ।

त्यसपछि एक सहकर्मीले रोथलाई यो निर्णयको अर्थ ट्रम्पको एक उल्लंघन मात्रै बाँकी रहेको र त्यसपछि प्रतिबन्ध लगाउन सकिन्छ भन्दै सोधेका छन् । रोथले पनि ट्रम्पको एक उल्लंघन बाँकी रहेको भन्दै रिप्लाई गरेका थिए ।

त्यसपछि जनवरी ८ मा ट्विटरले हिंसा थप उक्साउने जोखिमको कारण ट्रम्पमाथि स्थायी प्रतिबन्धको घोषणा गरेको थियो ।

८ जनवरीमा ट्विटरले ट्रम्पका ट्विटरहरुलाई आफ्नै तकिारले व्याख्या गरेर प्रतिबन्ध लगाएको थियो तर, २०१९ मा ट्विटरले ट्विटहरुको व्याख्या आफैँ नगर्ने भनेको थियो ।

यसरी ट्विटरले ट्रम्पलाई प्रतिबन्ध लगाउन दबाबमा आएर आफैले अनेकौं रणनीति र नीति बनाएको खुलासा भएको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ