arrow

लुम्बिनीका सांसदको शपथ १७ र अधिवेशन पुस १८ गते

logo
नारायण वली,
प्रकाशित २०७९ पुष १४ बिहिबार
lumbini-province-9.jpg

रुपन्देही । लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले प्रदेश सभाको दोस्रो कार्यकालको पहिलो अधिवेशन डाकेका छन् । संविधानको धारा १८३ को उपधारा १ बमोजिम पुस १८ गते दिउँसो १ बजे प्रदेश सभा अधिवेशन आह्वान गरेको कार्यालयका प्रवक्ता चिरञ्जीवी पौडेलले जनाएका छन् ।
   
हालसम्म अस्थायी मुकाम बुटवलमा बस्दै आएको अधिवेशन पहिलो पटक लुम्बिनीको स्थायी राजधानी राप्ती उपत्यका देउखुरी दाङमा नवनिर्मित प्रदेश सभा भवनमा बस्ने प्रदेश प्रमुख कार्यालयले एक प्रेस विज्ञप्ति जारी गर्दै जानकारी दिएको छ ।

निर्वाचित प्रदेश सभा सदस्यहरुको शपथ भने पुस १७ गते गरिने भएको छ । लुम्बिनीमा प्रदेश सभा सदस्यहरुलाई प्रदेश प्रमुख शेरचनले नै शपथ खुवाउने कार्यक्रम तय भएको बताइएको छ ।

प्रतिनिधि सभा र अन्य प्रदेश सभामा प्रदेश प्रमुखले ज्येष्ठ सदस्यलाई शपथ खुवाउने र त्यसपछि ज्येष्ठ सदस्यले अरुलाई शपथ खुवाउने व्यवस्था छ । तर लुम्बिनी प्रदेशमा प्रदेश प्रमुखले नै सबै प्रदेश सभा सदस्यहरुलाई शपथ खुवाउने जनाइएको छ ।

संविधानमा प्रदेश कानून बमोजिम शपथ ग्रहण बनाउने भन्ने व्यवस्था रहेको र लुम्बिनी प्रदेश सभा नियमावलीको नियम ४ मा प्रदेश सभा सदस्यहरुलाई प्रदेश प्रमुखले शपथ ग्रहण गराउने भन्ने उल्लेख भएकाले सिधै प्रदेश प्रमुखले शपथ खुवाउने गरिएको लुम्बिनी प्रदेश सभा सचिवालयका सचिव दुर्लभकुमार पुनले बताए । उनले अधिवेशनको तयारी अन्तिम चरणमा पुगेकोसमेत बताए ।

८७ सदस्यीय प्रदेश सभामा नेकपा एमालेबाट २९, नेपाली कांग्रेसबाट २७, माओवादी केन्द्रबाट ९, राप्रपा र नागरिक उन्मुक्ति पार्टीबाट ४–४ जना, जसपा, लोसपा, जनमत पाटी र स्वतन्त्र ३–३ जना, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाबाट एक–एक जना सांसद रहेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ