- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । राहदानी विभाग त्रिपुरेश्वरमा भीड बढेको छ । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नयाँ सरकारले राहदानीका लागि लाइन बस्न नपर्ने गरी सहजता प्रदान गर्ने निर्णय गरेकै भोलिपल्टदेखि विभागमा भीड देखिएको छ ।
यसअघि उप्रधान तथा गृहमन्त्री रवि लामिछानेले बुधबार राहदानी विभागको अनुगमन गरेका थिए । राहदानी बनाउने सेवाग्राही रातिदेखि नै लाइनमा लाग्नुपर्ने बाध्यता रहेको भन्दै सरकारको आलोचना भइरहेका बेला उपप्रधानमन्त्री लामिछाने विभागको अनुगमनमा गएका हुन् ।
उनी संचारकर्मी हुँदासमेत राहदानी बनाउने कार्यमा सेवाग्राहीले पाएको सास्तीबारे पटक पटक आवाज उठाउँदै आएका थिए ।