arrow

रोनाल्डो कीर्तिमानी मूल्यमा अल नसरमा अनुबन्धित

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष १६ शनिबार
ronaldo-saudi-club-al-asar.jpg

काठमाडौं । चर्चित फुटबल स्टार क्रिस्टियानो रोनाल्डो साउदी अरेबियाको क्लब अल नसरमा अनुबन्धित भएका छन् । स्पेनिश पत्रिका मार्काले पोर्चुगिज फरवार्ड रोनाल्डो अल नसरमा अनुबन्ध भएको जनाएको छ ।

रोनाल्डोले साउदीको क्लबसँग दुई वर्षको सम्झौता गरेका हुन् । अल नसरले रोनाल्डोलाई कीर्तिमानी मूल्यमा अनुबन्ध गरेको बताइएको छ । नसरले रोनाल्डोलाई वार्षिक १७५ मिलियन पाउन्डको अफर गरेको थियो ।

३७ वर्षीय रोनाल्डो इङ्गलिश प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेड छाडेपछि क्लबविहीन रहेका थिए । रोनाल्डो गत वर्ष १२ वर्षपछि युनाइटेड फर्किएका थिए । तर क्लबलाई खासै योगदान दिन सकेनन् । 

मुख्य प्रशिक्षक एरिक टेन हागसँगको विवादपछि उनले क्लब नै छाड्नु पर्यो । विश्वकप फुटबलमा पनि उनले टिमलाई चमत्कार देखाउन सकेनन् ।

यसअघि रोनाल्डोले सन् २००३ देखि २००९ सम्म म्यानयुबाट खेलेका थिए । उनले म्यानयुबाट २ सय ९२ खेलमा १ सय १८ गोल गरेका थिए ।

उनी त्यसपछि २००९ मा स्पेनिश क्लब रियाल मड्रिड गएका थिए ।

रियालमा ९ सिजन बिताएर रोनाल्डो २०१८ मा इटालियन क्लब युभेन्ट्स आएका थिए । 

उनी पाँच पटकका बालेन डे’ओर विजेता हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ