arrow

बुटवल सडक खाना महोत्सवः हाटबजार शैली, मौलिक परिकार पाउनै गाह्रो

logo
नारायण वली,
प्रकाशित २०७९ पुष १७ आइतबार
butwal- sadak- khana- mahotsab 8.jpg

रुपन्देही। बुटवलमा विगत चार बर्षयता पर्यटन क्षेत्रको पवर्दन र विकास गर्ने उद्देश्यले हरेक वर्ष सडक खाना महोत्सव आयोजना गरिँदै आइएको छ । होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीले यसको आयोजना गर्दै आएको हो । 

नेपाली संस्कृति एवं विभिन्न जातीय परिकाहरुको प्रदर्शनी गरी आन्तरिक तथा बाह्य पर्यटकहरुलाई चखाउने र बुटवलमा पर्यटकहरु भित्र्याउने मुल उद्देश्य भए पनि तर विगतका सडक खाना महोत्सव भन्दा अहिले अव्यवस्थित भएको पाइएको छ । पुस १५ गतेदेखि १७ गतेसम्म सञ्चालन हुने सडक महोत्सवमा नेपाली मौलिक कला संस्कृति तथा खानपानका परिकार भन्दा पनि साप्ताहिक रुपमा लाग्ने हाटबजार शैली जस्तै छ । 

नेपाली मौलिक खानपानका परिकार प्रदर्शनी गर्ने भनी आयोजना गरिएको सडक खाना महोत्सवमा मदिरा, मासु र भारतीय मुलको फुल्कीचाट लगायत राखिएको छ । जसले गर्दा होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीले आयोजना गरेको चौथो “बुटवल सडक खाना महोत्सव “–२०७९ ले अवलम्बन गरेको उद्देश्य पूरा हुने भन्दा आर्थिक स्रोत कमाउने तर्फ उन्मुख भएको शनिबार राति सडक महोत्सवमा भेटिएका पुरन थापाले बताए ।

उनले भने, 'म त आज सडक खाना महोत्सवमा गएर खाना खाने भनेर घरमा खाना नखाएर आको हुँ । तर सबै स्टल अवलोकन गरिसकेँ कतै पनि मौलिक खाना देखिन । म मगर भए पनि नेवारी खाना खाने साह्रै मन थियो । सडक खानामा त पक्कै राखेको होला भनेर त्यसैले आएको, अब घर फर्किहाल्छु ।'

यस्तै गुनासो थियो, नर्मता पोख्रेलको । उनले स–परिवारलाई नै सडक खाना महोत्सवमा नेपाली मौलिक खाना खुवाउन ल्याएको बताउँदै, महोत्सवको नाम र उद्देश्य अनुसार नपाएको बताइन् । अतिथि देवो भव, “नेपाली मौलिक कला संस्कृति तथा खानपानका परिकार हाम्रो शान, आन्तरिक पर्यटन प्रर्वद्धन र रोजगारीको सृजना हाम्रो अभियान” भन्ने नाराका साथ आयोजना गरिएको सडक खाना महोत्सवमा स्थानीय उत्पादनका परिकार पस्किनुपर्ने भए पनि बाहिर पाइने मम, चाउमिन जस्ता राखिएको रहेछ यो त सधै खाएकै हो उनले भनिन् । 

सडक महोत्सवमा होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ जिल्ला कार्यसमितिले तोकिएको नास्ताका मुल्यसूची भन्दा महङ्गो रहेको अवलोकन कर्ताहरुको गुनासो थियो । यता होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीका अध्यक्ष रामप्रसाद गौतमले यस विषयमा सोध्दा प्रदेशका १२ वटा जिल्लाहरुका लागि हामीले १२ वटा स्टलहरु छुट्टाएका थियौं, थारु, नेवार, मगर लगायतलाई प्राथमिकता दिनलाई तर नयाँ जेनेरेसनलाई समेट्नको लागि त्यसो गरेका होलान भन्ने जवाफ दिए । आज समापन हुने सडक महोत्सवमा २ दिन (हिजोसम्म) करिब २५ हजार दर्शकले अवलोकन गरेको र झण्डै ७० लाख बरावरको कारोवार भएको होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीले जनाएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ