arrow

साँझ बालकोट पुगेका भट्टराई र ओलीबीच के भयो कुराकानी ?

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष १९ मंगलबार
bhattrai-oli.jpg

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराई सोमबार साँझ ओली निवास बालकोट पुगेका छन् । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाएसँगै ओली निवास बालकोट शक्ति केन्द्र बनेको छ । नयाँ गठबन्धन बनेसँगै ओली निवास नेताहरूको भेटघाट बाक्लो हुने गरेको छ । 

बालकोट पुगेका भट्टराईले वर्तमान राजनीतिक परिवेश, सत्ता गठबन्धनबारे एमाले अध्यक्ष ओलीसँग कुराकानी गरेका छन् । दुई अध्यक्षबीच सरकारको प्रभावकारिता, सरकारले लिने विश्वासको मत, सरकार सञ्चालन, नीति तथा कार्यक्रमको तयारीबारे छलफल भएको बताइएको छ । ।

कांग्रेस नेतृत्वको गठबन्धन टुटेपछि एमालेसहितको समर्थनमा प्रचण्ड प्रधानमन्त्री बनेका छन् । प्रचण्डसँग नेसपा अध्यक्ष भट्टराई पछिल्लो समय नजिक भएका छन् ।

सरकार सञ्चालनका गर्न गठित उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजक एमालेका अध्यक्ष ओली बनेपछि उनी शक्तिशाली बनेका छन् । सत्ता गठबन्धनका विभिन्न नेताहरूले बालकोट पुगेर ओलीसँग भेटवार्ता गर्दै आएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ