arrow

१५ अपराधी पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष २० बुधबार
nepal-police12.jpg

काठमाडौं ।  काठमाडौं जल्ला प्रहरी परिसरले फरार भएका आपराधिक क्रियाकलापमा सङ्लग्न १५ जनालाई पक्राउ गरेको छ । 

काठमाडौं प्रहरीले एकै दिन लागुऔषध, सवारी ज्यान, विद्युतीय कारोबार अपराध, लिखित कीर्ते, कीर्ते जालसाजी, सम्बन्धविच्छेद, बैंकिङ कसुर र जुवालगायत कसुरमा सम्लग्न १५ जनालाई पक्राउ गरी मङ्गलबार सार्वजनिक गरेको हो ।

परिसरका प्रवक्ता तथा प्रहरी उपरीक्षक दिनेशराज मैनालीले विभिन्न मितिमा काठमाडौं जिल्ला अदालतले कैद र जरिवनाको फैसला सुनाएकामा फरार रहेका १५ जनालाई पक्राउ गरी फैसला कार्यान्वयनका लागि  अदालत पेस गरिएको जानकारी दिए । अदालतले पक्राउ परेकालार्ई चार वर्ष ११ महिना २८ दिन कैद र रु ३७ लाख ९० हजार सात सय ३१ जरिवाना असुल गर्न आदेश दिएको थियो  ।

मङ्गलबारै प्रहरीले विसं २०५० साउन ११ गते लागुऔषध मुद्दामा अदालतबाट चार वर्ष ११ महिना १९ दिन कैद र रु पाँच हजार जरिवाना भएपछि फरार काठमाडौं मैतीदेवीका ५९ वर्षीय श्यामकृष्ण शाहीलाई १९ वर्षपछि पक्राउ गरेको थियोे । उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाडौं पेस गरिएको प्रवक्ता मैनालीले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ