arrow

साउदीलाई दक्षिण अफ्रिका भनेका रोनाल्डोको के होला भविष्य ?

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष २० बुधबार
ronaldo-alnasar.jpg

काठमाडौं । पोर्चुगल स्टार खेलाडी क्रिष्टियानो रोनाल्डोले साउदी अरेबियालाई दक्षिण अफ्रिका भनेर सम्बोधन गरेका छन् । पाँच पटकको बालोन डी’ओर विजेता रोनाल्डो सोमबार राति साउदी अरेबियाको राजधानी रियाद पुगेका थिए । 

 मंगलबार आफ्नो आधिकारिक प्रवेश अघि पत्रकार सम्मेलनमा पूर्व युभेन्टस स्टार रोनाल्डोले साउदी अरेबियालाई 'दक्षिण अफ्रिका' भन्ने सम्बोधन गरेर गल्ती  गरेका हुन् । 

रोनाल्डोले भने 'मेरो लागि दक्षिण अफ्रिकामा आउनु मेरो करियरको अन्त्य होइन, म यो परिवर्तन गर्न चाहन्छु र इमानदारीपूर्वक भन्नु पर्दा मानिसहरूले के भन्छन् भन्नेमा मलाई चिन्ता छैन।'

रोनाल्डोले आफूलाई संसारभरबाट 'अवसर' आएको दावी गरेका हुन् ।  उनले युरोपेली फुटबल जितेर नयाँ चुनौतीको लागि आफ्नो चाहनालाई जोड दिए । युरोप, ब्राजिल, अष्ट्रेलिया र संयुक्त राज्य अमेरिका वरपरका क्लबहरूबाट प्रस्तावहरूको बाबजुद पनि नासरलाई आफ्नो वचन दिएको दाबी गरे। सो समय उनले आफुले अल नासरसँग बचन दिएकाले आबद्ध भएको बताए । 

उनले भने, 'साउदी अरब आउनु भनेको मेरो करियरको अन्त्य हुनु होइन । मान्छेहरूले के भन्छन् भन्ने कुरामा म चिन्तै लिन्नँ । युरोपमा मैले खेल्नुपर्ने जति खेलेँ । मलाई युरोप, ब्राजिल, अस्ट्रेलिया, अमेरिका र पोर्चुगलबाट पनि धेरै प्रस्ताव आएका थिए । धेरै क्लबले मलाई अनुबन्ध गर्न खोजेका थिए तर मैले यस क्लब(अल नासर) सँग वाचा गरेको थिएँ ।'

कतारमा जारी विश्वकपबाट रोएर बाहिरिएका ३७ वर्षीय पोर्चुगल स्टार खेलाडी रोनाल्डोलाले साउदी अरेबियाको क्लब अल नासरसँग दुई वर्ष आबद्ध भएका छन् ।  अल नासरसँग आकर्षक सम्झौता गरेका रोनाल्डोले साउदी क्लबबाट १७ करोड ७० लाख पाउन्ड ( करिब २८ अर्ब नेपाली रुपैयाँ) पारिश्रमिक एक वर्षमा पाउने छन् । 

सम्झौतामा हस्ताक्षर गरेपछि उनले आफूलाई विश्वको सबैभन्दा धेरै कमाउने खेलाडीको स्थितिमा पुर्‍याएका छन् । भने विश्व फुटबल इतिहासमै अहिलेसम्मको सबैभन्दा बढी पारिश्रमिकको लिने खेलाडी पनि बनेका छन् ।

रियादस्थित अल नासरको घरेलु रङ्गशाला मरसूल पार्क स्टेडियम मा रोनाल्डोलाई २५ हजार फ्यानले स्वागत गरेका थिए । क्लबमा रोनाल्डो सन् २०२५ सम्मका लागि अनुबन्ध भएका हुन् । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ