arrow

नगरलाई समृद्ध बनाउन हरेक प्रयास गरिने: शाह

logo
मणी गैह्रे,
प्रकाशित २०७९ पुष २५ सोमबार
Rajat-Pratap-shah-krishnana.jpg

कृष्णनगर। कृष्णनगर नगरपालिकाले छाडा चौपाया व्यवस्थापन , शिक्षा तथा स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखी थप योजनाका साथ नवाैं नगरसभा सम्पन्न गरेको छ।

नगरप्रमुख रजत प्रताप शाहको संयाेजकत्वमा कृष्णनगर नगरपालिकाले सार्वजनिक सम्पत्तिको संरक्षण, छाडा चौपायाको दिगो व्यवस्थापन, स्थानीय बजार अनुगमन लगायतका विकासमुखी योजना पुरा गर्न नवौँ नगरसभाले प्रतिबद्धता जनाएको छ  ।

नगरसभाले शिक्षाको गुणस्तर कायम, स्वास्थ्य क्षेत्रमा अपेक्षित सुधार, बस पार्क व्यवस्थापन लगायत सार्वजनिक क्षेत्रको अतिक्रमण हटाउन, नगरबासीको शान्ति सुरक्षा स्थापना , सबै प्रकारका कर, दस्तुर र शुल्क उठाउन नगर प्रहरीको दरबन्दी स्वीकृत गरी चालू आर्थिक वर्षबाटै परिचालन गरिने थप योजनाबारे नगरप्रमुख रजत प्रताप शाहले सभालाई जानकारी दिए ।

नगरप्रमुख शाहले आय व्यय प्रस्तुत गर्दा गत आर्थिक वर्ष २०७८/७९ मा कुल आम्दानी रु ६८ करोड ५७ लाख ४४ हजार ३३ रुपैयाँ मात्र भएको थियो भने कुल रु ५२ करोड ८४ लाख २६ हजार ८ सय ८० रुपैयाँ खर्च भई बचे रकम रु १५ करोड ७३ लाख १७ हजार १ सय ५३ मध्ये रु २ करोड ५० लाख चालु आर्थिक वर्षको आय अनुमानमा समावेश गरिसकेको बताए। चालु आर्थिक वर्षमा समावेश नभएको रु १३ करोड २३ लाख ७६ हजार १ सय ५३ बाट खर्च गर्ने बताए ।

त्यस्तै चालू आर्थिक वर्षमा आन्तरिक आय तर्फ रु २ करोड आम्दानी प्रक्षेपण गरिएकोमा मङ्सिर मसान्त सम्म सबै वडा बाट कूल रु १२ लाख ७८ हजार ७७१, भन्सार ब्यारियर बाट रु २० लाख ७ हजार ५० नगरपालिका सङ्कलन केन्द्रबाट २४ लाख ११ हजार ४११ र नदी जन्य पदार्थको विक्री बापत प्राप्त भएको रु २३ लाख ५५ हजार ५०५ को ६० प्रतिशतले हुन आउने रु १४ लाख १३ हजार ३ सय ०३ गरी कूल रु ७१ लाख ०९ हजार ३ सय ०३ मात्र आन्तरिक आय सङ्कलन भएको छ ।

चालू आ.ब. मा नगरपालिकाको कूल ७६ करोड ३२ लाख ४५ हजार बजेट मध्ये चालू तर्फको ४४ करोड २७ लाख २४ हजार मा २३ .१३ प्रतिशत खर्च भएको छ भने पुँजीगत तर्फको ३२ करोड ५ लाख २० हजारमा १७ प्रतिशत यथार्थ खर्च भएको जसमा हालसम्म कूल अनुमानित आयको ४३ प्रतिशत यथार्थ आय भएको जानकारी दिए ।

नगरसभाका सचिव ईश्वरी प्रसाद शर्माले नगरपालिका विभिन्न समितिहरूको प्रगति विवरण प्रस्तुत गराउँदै अगामी दिनमा नगरकार्यपालिकाले ल्याएका योजनाहरू पारदर्शी ढङ्गले अगाडि बढ्ने बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ