arrow

कर्णाली प्रदेश  

सभामुखको चयन माघ १ मा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष २६ मंगलबार
karnali-prade.jpg

कर्णाली ।  कर्णाली प्रदेशसभाको सभामुख पदको चुनाव आगामी माघ १ गते हुने भएको छ ।  

प्रदेशसभाको सोमबार बसेको  बैठकमा ज्येष्ठ सदस्य विनोदकुमार शाहले सभामुखको चुनाव माघ १ गते बिहान ११ बजेका लागि तोकेका हुन् । 

उनले कर्णाली प्रदेशसभा नियमावली २०७९ को नियम ७ को उपनियम १ बमोजिम चुनावको मिति तथा समय तोकेका हुन् ।

चुनावको मिति तोकेसँगै प्रदेशसभा सचिव जीवराज बुढाथोकीले यही पुस ३० गतेबाट सभामुखको निर्वाचन प्रक्रिया सुरुआत गर्ने र माघ १ गते बिहान ११ सभाको बैठक प्रारम्भ, मत विभाजन र परिणाम घोषणा गर्ने गरी सूचना जारी गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ