arrow

पोखराको रुपाकोट सुनचाँदी दुकानका सञ्चालक दशरथ सुनार पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष २६ मंगलबार
Dasarath.jpg

पोखरा । चोरीको सुन किनेको आरोपमा पोखरास्थित रुपाकोट सुनचाँदी दुकानका सञ्चालक दशरथ सुनार पक्राउ परेका छन् ।

उनी पक्राउ परेको दुई साता पुग्न लागेपछि यो खबर बाहिरिएको छ । सुनार पुस १४ गते पक्राउ परेका थिए । 

सुन चोरीको काण्ड निकै जेलिंदो पाइएपछि उनलाई प्रहरी हिरासतमै राखेर अनुसन्धान गरिरहेको कास्की प्रहरीले जनाएको छ । 

कास्की प्रहरी प्रवक्ता ज्ञान खड्काका अनुसार सुनारले करिब २८ लाख रुपैयाँ भन्दा बढीको चोरीको सुन किनबेच गरेको पाइएको छ ।

गत मंसिरको अन्तिम साता श्रेष्ठ चोरी तथा डाँका कसूरमा पर्वतकी टीका श्रेष्ठ पक्राउ परेपछि उनकै बयानका आधारमा सुनचाँदी व्यवसायी सुनार पनि तानिएका हुन् ।

चोरी सुन किनबेच सम्बन्धीबारे अनुसन्धान सकेर प्रहरीले अदालत पेश गरेको बताइन्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ