arrow

नक्कली नोट सहित तामाङ पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष २६ मंगलबार
money-e1434183175402.jpeg

चितवन । नक्कली नोटसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कालिका नगरपालिका वडा नं १ बस्ने ४२ वर्षीया गङ्गा तामाङ रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

उनको कोठाबाट रु एक हजार दरका एक सय ३७ थान खोटा मुद्रा ( नक्कली नोट) बरामद गरिएको कार्यालयका प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीले जानकारी दिए । 

पक्राउ परेकी तामाङको कोठाबाट भेटिएका मुद्रा नक्कली भएको उनले बताए । उनलाई मुद्रासम्बन्धी कसूरमा म्याद थप गरी अनुसन्धान सुरु गरिएको उनले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ