arrow

लुम्बिनीको मुख्यमन्त्रीमा एमाले नेता लीला गिरीले गरे दाबी पेश

logo
नारायण वली,
प्रकाशित २०७९ पुष २७ बुधबार
lila giri- dabi-pesh-1.jpg

रुपन्देही । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका नेता लीला गिरीले दाबी पेश गरेका छन् ।  लुम्बिनीका प्रदेश प्रमुख अमिक शेरचन समक्ष नेत गिरीले एमालेसहित माओवादी, राप्रपा लगायतका दलहरूको समर्थनमा मुख्यमन्त्रीमा आफ्नो दाबी पेश गरेका हुन् । प्रदेश प्रमुख शेरचनले दलहरूलाई सरकारमा दाबी पेश गर्न आजसम्म समय सीमा तोकेका थिए । 

उक्त समय सीमा भित्र नयाँ सरकार निर्माणका लागि गिरीले दाबी पेश गरिएको हुन् । लुम्बिनीमा केन्द्रमा भएको सत्ता गठबन्धन अनुसार नै नयाँ सरकार बनाउन लागिएको छ । 

लुम्बिनी प्रदेशमा एमाले २९, माओवादी केन्द्र १०, राप्रपाका ४, जसपा र जनमतका ३–३ सिट रहेको छ । नागरिक उन्मुक्ति सँग ४ सिट र स्वतन्त्र २ जना सांसद समेत रहेका छन् । ८७ सदस्यीय प्रदेश सभामा बहुमतका लागि ४४ सिट आवश्यक पर्दछ । तर मुख्यमन्त्रीमा दाबी पेश गर्दा एमाले नेता गिरीको पक्षमा एमालेका २९, माओवादीका १०, राप्रपाका ४, नागरिक उन्मुक्ति पार्टीका ४, जसपाका ३, जनमतका ३, लोसपाका ३  र स्वतन्त्रका गरी ५८ जना सांसदले समर्थन गरेका छन् । 

केन्द्रमा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई काँग्रेसले पनि विश्वासको मत दिए पनि तर लुम्बिनी प्रदेशमा भने नेपाली काँग्रेस, राष्ट्रिय जनमोर्चा र नेकपा एकीकृत समाजवादी पार्टी प्रतिपक्षमा बस्ने भएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ