arrow

लुम्बिनीमा लिला गिरी मुख्यमन्त्रीमा नियुक्त

logo
नारायण वली,
प्रकाशित २०७९ पुष २७ बुधबार
मुख्यमन्त्रीमा नियुक्त लिला गिरी-1.jpg

रुपन्देही । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका नेता लिला गिरी नियुक्त भएका छन् । बुधबार लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचन समक्ष नेता गिरीले एमालेसहित माओवादी, राप्रपा लगायतका दलहरुको समर्थनमा आफ्नो मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए । 

प्रदेश प्रमुख शेरचनले दलहरुलाई सरकारमा दाबी पेश गर्न आजसम्म समयसीमा दिएका थिए । उक्त समयसिमा भित्र नयाँ सरकार निर्माणका लागि गिरीले गरेको दाबी पेश अनुसार लुम्बिनीका प्रदेश प्रमुख शेरचनले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । 

८७ सदस्यीय लुम्बिनी प्रदेश सभामा एमाले २९, माओवादी केन्द्र १०, राप्रपाका ४, जसपा ३, लोसपा ३, जनमतका ३ नागरिक उन्मुक्तिसँग ४ र स्वतन्त्रका २ जना सांसद गरी ५८ जना सांसदले समर्थन गरेका थिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ