arrow

बुटवलका चारवटा लायन्स क्लबले मनाए पृथ्वी जयन्ती

logo
नारायण वली,
प्रकाशित २०७९ पुष २७ बुधबार
lions club-3.jpg

रुपन्देही । बुटवलका चारवटा लायन्स क्लबहरुले नेपालका शाहवंशीय राजा पृथ्वीनारायण शाहको ३०१ औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस मनाएका छन् । क्लबहरुले बुटवलको नयाँ बसपार्कस्थित पूर्वपश्चिम राजमार्गमा एक कार्यक्रमको आयोजना गरी दीप प्रज्वलन गरी मनाएका हुन् । 

बाईसे, चौबीसे राज्यहरुलाई एकीकरण गरी सिंगो नेपाल बनाउन अमूल्य योगदान समर्पण गरेको भन्दै पृथ्वी जयन्तीका अवसरमा गरिएको दीप प्रज्ज्वलन कार्यक्रममा शाहप्रति श्रद्धाभाव अर्पण गरेका थिए ।

लायन्स क्लब अफ बुटवल मणिमुकुन्द युथको आयोजनामा गरिएको पृथ्वी जयन्तीका कार्यक्रममा लायन्स क्लब अफ बुटवल गोल्डेन जुब्ली, लियो क्लब अफ बुटवल मणिमुकुन्द युथ र लियो क्लब अफ बुटवल गोल्डेन जुब्ली लगायतको सहभागिता रहेको थियो । 

कार्यक्रममा पृथ्वीनारायणको शालिकमा लायन्स क्लब डिष्टिक ३२५ पी एरिया फोरका को–चिफ भुपेन्द्रबहादुर थापा (क्षेत्री), लायन्स क्लब अफ बुटवल मणिमुकुन्द युथका अध्यक्ष दिपक गौतम, लायन्स क्लब अफ बुटवल गोल्डेन जुब्लीका संस्थापक अध्यक्ष आवेश पौडेल, लियो क्लब अफ बुटवल मणिमुकुन्द युथका अध्यक्षका अमृत बस्याल, लियो क्लब अफ बुटवल गोल्डेन जुब्लीका अध्यक्ष अशोक कुँवर लगायतले माल्यार्पण गरेका थिए ।

प्रत्येक वर्ष पुस २७ गते मनाइने राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जन्मजयन्ती विविध कार्यक्रम आयोजना गरी बुधवार देशभर मनाइएको छ । विसं १७७९ पुस २७ गते गोरखामा राजा नरभुपाल शाह र रानी कौशल्यावतीका कोखबाट पृथ्वीनारायण शाहको जन्म भएको थियो । 

कार्यक्रममा बोल्ने वक्ताहरुले केही वर्षयता राजा शाहको जन्मजयन्ती कटौती गरेको र पछिल्लो समय परिवर्तित राजनीतिक घटनाक्रमले पुनः जन्मजयन्ती मनाउने गरेको निर्णयलाई स्वागत गर्दै, नेपालको सार्वभौम संरक्षणमा अतुलनीय योगदानको प्रशंसा गरेका थिए ।

प्रज्ज्वलन कार्यक्रममा लायन्स क्लब अफ बुटवल मणिमुकुन्द युथ क्लवका संस्थापक अध्यक्ष कमल थापा क्षत्री, लक्ष्मण कुँवर, अनिल शाह, दिपक अर्याल, प्रमिश भण्डारी लगायतको उपस्थिति रहेको थियो ।  

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ