arrow

लुम्बिनी सरकार: मन्त्रीका आकाङ्क्षीको सङ्ख्या बढ्दो

logo
नारायण वली,
प्रकाशित २०७९ पुष २८ बिहिबार
FB_IMG_1672280559892.jpg

रुपन्देही । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री लीला गिरीले बिहीबार पद तथा गोपनीयताको शपथ लिने भएका छन् ।

बुधवार लुम्बिनी प्रदेशको मुख्यमन्त्री पदमा नियुक्ति भएका गिरीलाई आज दिउँसो १ बजे प्रदेशको स्थायी राजधानी राप्ती उपत्यका देउखुरी दाङमा शपथ लिने कार्यतालिका तय भएको छ । गिरीले मुख्यमन्त्रीको शपथ लिएसँगै मन्त्रिमण्डल समेत बनाउने तयारी गरेको बुझिएको छ ।

पहिलो चरणमा मुख्यमन्त्री गिरीले नेकपा माओवादी केन्द्र संसदीय दलका नेता जोखबहादुर महरासहित एमालेका चेतनारायण आचार्यलाई मन्त्री बनाएर ३ सदस्यीय मन्त्रिमण्डल बनाउने तयारी गरेको एमाले नेता तथा सांसद भोजप्रसाद श्रेष्ठले बताएका छन् । महरा रोल्पाका हुन भने, आचार्य अर्घाखाँचीका हुन् । महरा प्रदेशको मुख्यमन्त्रीका दाबेदार भए पनि केन्द्रीय राजनीतिक समीकरणका कारण मुख्यमन्त्री भाग एमालेलाई परेपछि हुन सकिनन् ।

मन्त्रीका लागि एमालेबाट कपिलवस्तुका विष्णु पन्थी र रुपन्देहीका भोजप्रसाद श्रेष्ठ लगायत आकांक्षी छन् । उनीहरूलाई कुन मन्त्रालयको जिम्मेवारी कसलाई दिने भन्ने बारे अझै टुङ्गो लाग्न सकेको छैन ।

एमालेलाई ४, माओवादीलाई २ र साना दलहरूलाई १/१ गरी ११ सदस्यीय मन्त्रिमण्डल बनाउने तयारी रहेको बताइएको छ। गिरी ७ दल र २ स्वतन्त्र गरी ५८ सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका हुन् । माओवादी केन्द्रले ४ वटा मन्त्रालय दाबी गरेको स्रोतले बताएको छ ।

नागरिक उन्मुक्ति पार्टी, जनमत, जसपा र लोसपाले पनि बढी मन्त्री माग गरेर मोर्चाबन्दी गरेका छन् । त्यसले पनि मन्त्रालयको भागबण्डा मिलाउन कठिन भएको र विश्वासको मत लिएपछि मात्रै पूर्ण आकारको मन्त्रिमण्डल बनाउने चलाखीमा मुख्यमन्त्री गिरीले तयारी थालेको जनाइएको छ ।

केन्द्रमा सरकार बाहिर रहेको लोसपाले पनि लुम्बिनीमा एमाले नेतृत्वको सरकारलाई समर्थन गरेको छ । मन्त्री पाइने आशा लोसपाले सरकार बनाउन हस्ताक्षर गरेको राजनीतिक वृत्तमा टिप्पणी हुन थालिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ