arrow

टेनिस स्टार नाओमी गर्भवती, अर्को वर्ष मैदानमा फर्कने

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष २८ बिहिबार
naomi-osaka.jpg
फाइल तस्विर।

टोकीयो। टेनिस स्टार नाओमी ओसाकाले आफू गर्भवती भएको खुलासा गर्दै अर्को वर्षमात्र मैदानमा फर्कने योजना रहेको बताएकी छन् । पूर्व विश्व नम्बर एक खेलाडी ओसाकाले ‘अल्ट्रासाउन्ड’को तस्बिरसहित सामाजिक सञ्जालमा ‘सन् २०२३ का लागि सानो अद्यावधिक’ भनेर बुधबार गरेको ‘पोष्ट’मा आफू गर्भवती भएको खुलासा गरेकी हुन् ।

पच्चीस वर्षीया ओसाका वर्षौँदेखि ‘र्‍यापर’ कोर्डेसँग ‘रोमान्स’सँगै ‘डेट’ गरिरहेकी छन् । “मलाई थाहा छ कि मसँग भविष्यमा हेर्नको लागि धेरै कुरा छन्, एउटा कुरामा म तयार भएकी छु कि मेरो बच्चाले मैले खेलको हेर्नेछ र उनी मेरी आमा हुन्,” ओसाकाले लेखेकी छन् । 

गत सेप्टेम्बरदेखि ओसाकाले कुनै पनि प्रतिस्पर्धात्मक खेल खेलेकी छैनन् । आगामी आइतबारदेखि सुरु हुने अस्ट्रेलियन ओपनबाट पनि उनी बाहिरिएकी छन् ।  उनले दुई पटक युएस ओपन च्याम्पियनसिपसँगै दुई पटक उक्त प्रतियोगिता जितेकी थिइन् । हालैका वर्षमा मानसिक रूपमा स्वस्थ् रहन उनले खेलबाट आफूलाई टाढा राखेकी छन् । टोकियोमा प्यान प्यासिफिक ओपन पछि फेरि उनी मैदानमा देखिएकी छैनन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ