arrow

मर्चवारमा गोली चल्यो, भारतीयसहित तीन जना नियन्त्रणमा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष २८ बिहिबार
gun-bullet-ar.jpeg
तस्बिर – सांकेतिक ।

भैरहवा । रुपन्देहीको नेपाल भारत सीमा क्षेत्रमा गोली चलेको छ । बिहीबार बेलुकी करिब ७ बजे कोटहीमाई गाउँपालिका वडा नम्बर ३ क्षेत्रमा हवाइ फायर भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता श्यामु अर्यालले पुष्टि गरे ।

जिल्ला प्रहरी कार्यालय अहिले तस्करी न्यूनीकरण गर्न लागेको छ, तस्करीको सम्भावित क्षेत्रको रुपमा मानिने सो ठाउँ तस्करहरुले वर्चस्व देखाउनका लागि हवाई फायर गरेको अनुमान गरिएको छ । 

गोलीको आवाज सुनिए पनि कसले किन चलायो भन्ने खुल्न सकेको छैन । अनुसन्धानको काम जारि रहेको र मानवीय क्षति केही नभए पनि गोलीको खोका बरामद भएको प्रहरीले जनाएको छ । 

घटना स्थल नजिकैबाट प्रहरीले  भारतीय नागरिकसहित ३ जनालाई नियन्त्रणमा लिएको छ । बढ्दो हुस्सुको कारण घटना स्थलतर्फ प्रहरी सोचे अनुरुप अनुसन्धान गर्न सकेको छैन ।

केही दिनदेखि प्रहरीले सीमामा तस्करी शून्य गर्न कडाई गरेको छ ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ