arrow

ग्रीन सिटी हस्पिटलको बदमासी : सशुल्क लिएर निःशुल्क उपचार गरेको प्रचार, पीडितद्वारा चरित्र हत्या भएको आपत्ति

logo
नारायण वली,
प्रकाशित २०७९ पुष २९ शुक्रबार
green hospital-ktm-4.jpg

रुपन्देही। काठमाडौँ गोगंवु स्थित रहेको ग्रिन सिटी हस्पिटलले बिरामीको चरित्र हत्या जस्तो बदमासी गरेको फेला परेको छ। ग्रिन सिटीमा दाङको गढवा गाउँपालिका वडा न–१ धानखोला निवासी माया वलीको गत भदौ २७ गते पाठेघर तथा एपेन्डाईटिसको शल्यक्रिया गर्दा साढे ३ लाख भन्दा माथि लागेको र बिरामीले उक्त पैसा दिएको भए पनि तर हस्पिटलले होडिङ्ग बोर्डमा फोटो र नाम उल्लेख गरी प्रचार गरेकोप्रति वली दम्पतीले आक्रोश पोखेका छन्।

पैसा बुझाएर शल्यक्रिया गरेकी माया वली पाँच महिनापछि शुक्रवार पुनः फ्लोअफमा जाँदा आफूले हस्पिटलको अगाडि ठूलो होडिङ्ग बोर्डमा यस अस्पतालमा निःशुल्क र सहुलियत रूपमा उपचार पाएका विपन्न, असहाय र बेवारिसे बिरामीहरूको विवरण भनी प्रचारबाजीले आफ्नो चरित्र हत्या भएको बताएकी छिन् । (हाम्रा कुरा) सँग कुरा गर्दै, पीडित वलीले भनिन्, शल्यक्रिया गर्दा मैले पैसा तिरेको छु। त्यसका प्रमाण म सँग सुरक्षित छन् । अहिले २ लाख १३ हजार ८ सयको विल साथमा रहेको र उक्त विलमा ९ हजार ८ सय छुट गरेको छ।

२ लाख ४ हजार तिरेको देखिएको छ। उनी भन्छिन्, म सँग फार्मेसीका विलहरू प्नि सुरक्षित छन्। घरमा राखेको छु। मलाई हस्पिटलले यस्तो गरेको छ भन्ने थाहा पाएको भए लिएर आउँथे। तर पनि आवश्यक परे ल्याउन सक्छु। यती मात्रै होइन, हस्पिटलले रोटरी क्लव अफ काठमाडौं डाउनटाउनसम्म आफ्नो प्रचार गरेको पाइएको छ। हस्पिटलका सञ्चालक उक्त क्वलका सदस्यसमेत रहेको बुझिएको छ। 

मायाका श्रीमान् रमेश वलीले भने, हस्पिटल गरेको चरित्र हत्यापूर्ण बदमासी विरुद्ध कानूनी उपचारको बाटो जाने बताए। यता ग्रीन सिटी हस्पिटलका सञ्चालक लोकबहादुर टण्डनले भुलबस भएको भन्दै फोन काटेका छन् । पैसा तिरेको बिरामीले प्रमाण उपलब्ध गराएका छन्, किन त्यसरी विज्ञापन गर्नुभयो भन्ने जिज्ञासामा उनले आफू एउटा मिटिङमा भएको भन्दै तर्किएका छन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ