arrow

नेपालगन्जबाट नक्कली नोटसहित छाप्ने मेसिन बरामद 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ ३ मंगलबार
new-money.jpg

नेपालगन्ज । प्रहरीले नेपालगन्जको एक होटलबाट नक्कली नोट छाप्ने मेसिनसहित नक्कली नोट बरामद गरेको छ । 

नेपालगन्जको धम्बोझी चोकस्थित पाहुना घरबाट नक्कली नोट छाप्ने मेसिनसहित केही थान नक्कली नोट जिल्ला प्रहरी कार्यालय बाँकेले बरामद गरेको हो  ।

पुस २९ गतेदेखि बसेका एक व्यक्तिले होटलमा बसेर नक्कली नोट छपाई गरेको पाइएको छ । ३० गतेसम्म होटलमा आउने र जाने गरेका ती व्यक्ति दुई दिनसम्म नदेखिएपछि होटल सञ्चालकले प्रहरीलाई खबर गरेका थिए ।

प्रहरीले गएर कोठा खोल्दा ५० रुपैयाँका केही थान नक्कली नोटसहित पैसा छाप्ने प्रिन्टर बरामद गरेको बाँके प्रहरीले जनाएको छ।

 घटनाका बारेमा अनुसन्धान गरिरहेको  बाँके प्रहरी प्रमुख  सन्तोषसिंह राठौरले  जानकारी दिएका छन्  । प्रहरीले होटलमा बसेको व्यक्तिको खोजी गरिरहेको जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ