arrow

गाउँपालिकाले तीन दिनसम्म राष्ट्रिय झण्डा झुकाउने 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ ४ बुधबार
Yeti plane.jpg

लेखनाथ । रुपा गाउँपालिकाले तीन दिनसम्म राष्ट्रिय झण्डा झुकाउने भएको छ । जहाज दुर्घटनामा गाँउका पाइलट कमल केसीको निधन भएपछि रुपा गाउँपालिकाले यस्तो निर्णय गरेको हो । 

मंगलबार गाउँपालिकाको बैठकले साँझ रुपा गाउँपालिकाका सबै वडा कार्यालयमा ७२ वटा दीप प्रज्वलन गरी राष्ट्रिय झण्डा तीन दिनसम्म झुकाउने निर्णय गरेको छ । 

साथै बैठकले केसीको नाममा अर्धकदको सालिकसहितको पार्क निर्माण गरी शिलालेखमा जहाजमा दुर्घटना भएका ७२ जनाको नाम लेखिने निर्णय गरेको छ । साथै बैठकले पाइलट केसीका बारेमा स्थानीय पाठ्यपुस्तकमा समावेश गराउने निर्णयसमेत गरेको छ । 

कास्कीको रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले मङ्गलबार केसीप्रति श्रद्धाञ्जलि तथा परिवारप्रति समवेदना प्रकट गर्दै दुःख व्यक्त गरे । 

रुपा गाउँपालिका–३ स्थायी निवासी बुबा वीरेन्द्र केसी र आमा मीना केसीका जेष्ठ सुपुत्र ५९ वर्षीय क्याप्टेन कमल केसीको निधनले गाउँनै शोकमा डुबेको अध्यक्ष ओझाले बताए । 

अमेरिकाबाट पाइलट विषयमा अध्ययन गरी विसं २०४६ मा नेपल वायुसेवाबाट करियर सुरु गरी भारतको बैङ्गलोरस्थित इन्डियन एयरलाइन्स र पछिल्लो समय यती एयरलायन्समा आबद्ध क्याप्टेन केसीलेको निधनले रुपमा गाउँपालिकालाई अपूरणीय क्षति पुगेको जनाइएको छ । 



नयाँ