arrow

नबिल बैङ्क मिसन ‘टुगेदर अहेड - सँगै अघि’ हासिल गर्न लम्कँदै  

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ ९ सोमबार
nabil-38-agm-2023.jpg

काठमाडौं। ग्राहकहरूलाई खुसी पार्न काम गरिरहने एवं चुस्त व्यवस्थापनका कारण नेपाल सरकारलाई सबैभन्दा बढी कर तिर्ने बैङ्कका रूपमा स्थापित नबिल बैङ्कले 'टुगेदर अहेड - सँगै अघि'को मुलमन्त्र पच्छ्याउँदै सफलता हात पारिरहेको छ।

लामो समयदेखि बैङ्किङ क्षेत्रमा सेवा गरिरहेको बैङ्कका रूपमा विश्वासिलो बैङ्कका रूपमा स्थापित भएको छ। नबिलले सुरुदेखि नै बैङ्कमा सिस्टम बसाउनेमा जोड दिएको र सबै काम सिस्टमले गर्ने हुँदा बैङ्क सफल रहेको बैङ्किङ क्षेत्रलाई नजिकबाट नियाली रहेकाहरूको अनुभव रहेको छ।

नवीन बैङ्किङ सेवा संस्कृतिको सुरुवात गर्दै नेतृत्वदायी भूमिका खेल्दै आएको नबिल बैङ्क लिमिटेडले उत्कृष्ट सेवा, प्रविधि परिचालन तथा उत्पादकत्वमा नवीन आयाम जस्ता आधारशील स्तम्भहरू खडा गर्दै  आफ्नो मिसन तर्फ अग्रसर भएको देख्न सकिन्छ ।  

बैङ्कमा आएको नेतृत्वलाई खुलेर काम गर्न दिने र बोर्डबाट कुनै किसिमको हस्तक्षेप नहुने भएकाले पनि बैङ्कमा नेतृत्व गरेका 'सिईओ'हरू जहिल्यै चर्चामा रहने गरेका थिए। त्यहाँ काम गरेका कर्मचारीहरूलाई पनि बजारले राम्रो नजरले हेर्ने गरेको मानव संसाधनमा काम गरिरहेका संस्थाहरू बताउँछन्।

हालसालै नबिल बैङ्क र नेपाल बङ्गलादेश बैङ्क बिच मर्जर सहमति भई नबिल बैङ्कले सम्पूर्ण पुँजी, वित्तीय तथा सम्पत्ति दायित्वहरू प्राप्त गरेको छ। १००:४३ को स्वाप रेसियोमा सम्झौता गरिएको यस मर्जर पश्चात् बैङ्कको चुक्ता पुँजी २२ अर्ब ८३ करोड रुपैयाँ पुगेको छ भने बैङ्कको नाम नबिल बैङ्क नै हुने गरी कारोबार सहमति गरिएको उल्लेख गरिएको छ ।

मर्जर पश्चात् नबिल बैङ्कको २ सय ३४ वटा कुल शाखाको सङ्ख्या पुग्यो भने हाल थप शाखा बिस्तार भई २४० पुगेको बैङ्कले जनाएको छ। यसमा २ हजार २ भन्दा बढी कर्मचारी सङ्ख्या पुगेको छ। मर्जर पछि थप उत्साहित हुँदै नवीन ग्राहक केन्द्रित सुलभ र द्रुत सेवा प्रदान गर्न, कर्मचारी तथा शेयर धनीको आवश्यकता अनुरूप हितकार भूमिका निर्वाह गर्न र अझै उत्कृष्ट सेवा, प्रविधि परिचालन तथा उत्पादकत्वमा नवीन आयाम सिर्जना गर्दै भविष्यमा नेपालको एक सबल वित्तीय संस्थाको रूपमा स्थापना हुने लक्ष्य रहेको बताइएको छ।

आफ्ना ग्राहक र समाजलाई सेवा दिने हेतुले विभिन्न नयाँ किसिमका योजनाहरूमा नियमित काम गरिरहने बैङ्कले विभिन्न योजनाहरू मार्फत सेवा दिइरहेको छ। सबैलाई समेटेर अघि बढ्ने सोचका साथ ग्राहक एवं समाजका विभिन्न पक्षमा काम गरिरहेको छ।

ग्राहकको स्वास्थ्य

आफ्ना ग्राहकहरूको जीवनयापनलाई समृद्ध बनाउने मुहीम चालेको यस बैङ्कले बैङ्किङ सेवा संस्कृति तथा ग्राहक सेवा केन्द्रित 'बेन्चमार्कहरू सेट' गर्दै आएको छ । नबिलले ग्राहक स्वास्थ्यमा केन्द्रित रहेर नबिल बचत खातामा घातक रोग बिमालाई पाँचौँ वर्ष पनि निरन्तरता दिने निर्णय लिएको छ ।

यस बिमा अन्तर्गत पछिल्लो चार वर्षमा ३३८ जना ग्राहकहरूले ६ करोड २९ लाख रुपैयाँ स्वास्थ्य बिमा दाबी भुक्तानी भई सकेको छ ।

शिक्षामा जोड

नबिल बैङ्क र मिडास एजुकेसन प्रालिबीच हस्ताक्षर भएको समझदारी पत्रले नबिल शैक्षिक विकास तर्फ पनि उन्मुख भएको देख्न सकिन्छ । यो साझेदारीसँगै नबिलका ग्राहकहरूले मिडास ई–क्लासका पठनपाठनका सामग्रीहरूमा विशेष छुटहरू प्राप्त गर्न, एक वर्षको शिक्षण र सिकाउने सफ्टवेयर आठ सय रुपैयाँमा प्राप्त गर्ने तथा अन्य ट्युसन, गृहकार्यमा मद्दत हुने कक्षा र परीक्षा तयारीका कक्षाहरूमा २५ प्रतिशत छुट राख्ने प्रावधान छ।

नियो बैङ्क

विश्वभर करिब अढाई सयको हाराहारीमा रहेका नियो बैङ्क नेपालमा पहिलो पटक नबिल बैङ्कले 'एनबैंक (nBank)' का रूपमा सुरुवात गरेको छ । बैङ्किङ क्षेत्रमा डिजिटल युगको सुरुवात गर्दै नेपालमै पहिलो पटक नबिलले सुरु गरेको एन बैङ्क गुगल प्ले स्टोर अथवा एप स्टोरबाट नबिल बैङ्क लिमिटेडको एनबैंक एप डाउनलोड गरेर नेपाली प्रयोगकर्ताहरूले यसमा खाता खोल्न सक्ने छन् ।

विश्वको कुना कुनामा छरिएर बसेका आफ्ना नेपाली ग्राहक प्रतिको उत्तरदायित्वलाई बोध गर्दै सार्वजनिक गरिएको यस प्रविधि मैत्री, सरल तथा सुलभ बैङ्किग सेवा मार्फत आफ्नो  मिसन ‘टुगेदर अहेड - सँगै अघि’ हासिल गर्न अगाडी लम्केको देखिन्छ।

शेयर धनीलाई लाभांश

नेपालको एक ब्लु चिप कम्पनीको नाममा नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भएको नेपालको सबैभन्दा ठुलो लाभांश दिने बैङ्कको रूपमा स्थापित नबिल बैङ्कले आ.व.२०६०/६१ मा ६५ % नगद लाभांश  ६१/६२ मा ७० %, ६२/६३ मा ८५ %, ६३/६४ १०० % नगद ४० % बोनस लाभंस, ६४/६५ मा ६० नगद ४० % बोनस लाभंस, ६५/६६ ३५ नगद ५० % बोनस लाभंस, ६६/६७ मा ३० नगद ४० % बोनस लाभंस, ६७/६८ मा ३० नगद, ६८/६९ मा ४० नगद % बोनस लाभंस ६९/७० मा ४० नगद % बोनस लाभंस, ७०/७१ मा ४५ नगद २०% बोनस लाभंस, ७१/७२ मा ६.८४ नगद ३० % बोनस लाभंस, ७२/७३ मा १५ नगद ३०% बोनस लाभंस, ७३/७४ मा १८ नगद ३० % बोनस लाभंस, ७४/७५ मा २२ % नगद १२ % % बोनस लाभंस, ७५/७६ मा २२ नगद १२ % बोनस लाभंस,  ७६/७७ मा १.७६ नगद ३३.५ % बोनस लाभंस , ७७/७८ मा ४.४ नगद ३३.६ % % बोनस लाभंस ७८/७९ मा ११.५० नगद तथा १८.५० % बोनस लाभंस दिएको थियो । यसले आफ्नो शेयर धनी प्रति उत्तरदायी रहेको उदाहरण प्रस्तुत गरेको छ ।  

आफ्नाप्रतिको उत्तरदायित्व

यसै गरी आफ्ना कर्मनिष्ठ कर्मचारीका सन्तानलाई ‘श्री शम्भुप्रसाद पौड्याल स्मृति छात्रवृत्ति’ प्रदान गर्दै प्लस २ लेभलमा उच्च अङ्क ल्याउने दुई जना पुरुष र दुई महिला विद्यार्थीलाई रु. ५०,००० छात्रवृत्ति कार्यक्रम सञ्चालनमा लराएर आफ्नो ग्राहक, कर्मचारी तथा शेयर धनी प्रतिको उत्तरदायित्व निर्वाह गर्दै आएको देख्न सकिन्छ ।

यसै गरी सञ्चालनमा आए देखिनै ग्राहक केन्द्रित बैङ्किङ, घरेलु तथा व्यापार केन्द्रित बैङ्किङ सेवा प्रदान गर्दै आएको नबिल बैङ्कले आफ्नो सामाजिक तथा राज्य प्रतिको उत्तरदायित्वको निर्वाह गर्न पनि उदाहरणीय तरिकाले प्रस्तुति गर्दै आएको देख्न सकिन्छ ।

उद्यमी तथा उद्यमशीलता विकास हेतु नबिलले एसएसई सामाजिक उद्यमशीलता फेलोसिप कार्यक्रमका पहिलो ब्याचका १८ जनालाई बिदाइ गर्दै दोस्रो ब्याचका २० जनालाई स्वागत गरेको छ । नबिलले आफ्नो सामाजिक उत्तरदायित्वको उदाहरण प्रस्तुत गर्दै असार ११ गते काठमाडौँमा आयोजना गरेको सीएनआईवाईईएफ नेपाल स्टार्टअप फेस्ट २०२२ मा ‘नबिल सामाजिक उद्यमशीलता’ कार्यक्रम अन्तर्गत पहिलो ब्याचका सहभागीहरूलाई सामूहिक रूपमा अवार्ड प्रदान पनि गरेको थियो । 

वातावरणीय उत्तरदायित्व

दिगो बैङ्किङको अवधारणालाई टेवा पुराउन तथा वातावरण मैत्री सेवाको स्थापना गर्न पुराना कागजलाई कच्चा पदार्थको रूपमा प्रयोग गरी नयाँ कागज बनाउन र रुख बचाऊ अभियानमा समर्थन जनाउन, बैङ्कले बैङ्कमा प्रयोग भई काम नलाग्ने अवस्थामा रहेका कागजको फोहोरलाई टुक्राई पुनः प्रयोग योग्य बनाउने लक्ष्य लिएको छ । यसै सँग   नबिलले वातावरण रक्षा हेतु चलेको यस कदमले अर्को एक उदाहरणीय वातावरणीय उत्तरदायित्व प्रस्तुत गर्दै छ । 

बढी कर तिर्ने बैङ्क

नबिल बैङ्क लिमिटेडले राज्य प्रतिको उत्तरदायित्व पनि प्रस्तुत गर्दै आ.व २०७७ तथा २०७९ सबैभन्दा बढी कर तिर्ने बैङ्कमा स्थापित भएको छ ।  राष्ट्रिय कर दिवस २०७९ को अवसरमा आन्तरिक राजस्व विभागले नबिललाई सम्मान पनि गरेको थियो ।

यस बैङ्कले विभिन्न क्षेत्रको उत्पादन विकासमा टेवा पुराउन तथा आफ्नो कर्मचारी तथा कुशल व्यवस्थापन मार्फत अन्य सरोकारवाला तथा अन्य वातावरणीय आवश्यकता पहिचान गर्दै आफ्नो बैङ्किंग मिसन ‘टुगेदर अहेड - सँगै अघि’ हासिल गर्न तर्फ अग्रसर भएको देख्न सकिन्छ । 

कुनै पनि वित्तीय सेवा संस्थाले प्रमुख तहमा आफ्ना ग्राहक, कर्मचारी, शेयर धनी तत्पश्चात् व्यापार वातावरणका सरोकारवाला प्रति उत्तरदायी हुँदै उनका आवश्यकताको पहिचान तर्फ अग्रसर रहनु पर्ने जरुरी देखिन्छ ।

इमानदारितापूर्वक वित्तीय सेवा उद्योगको विकासको लागि यस्ता आधारशील आवश्यकता पहिचान गर्दै, नेपालमा वित्तीय सेवा उद्योगको विकास हेतु सन् १९८४ जुलाई १२ अर्थात् २०४१ असर २९ गते नबिल बैङ्क लिमिटेडको स्थापना भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ