arrow

लगानीकर्ताको मनमा निर्माण भएको डरले बजारको ओरालो यात्रा जारी

आगामी हप्ता पनि लगानीकर्ता 'कुर अनि हेर'को स्थितिमा रहने

logo
निश्चलराज दवाडी
प्रकाशित २०७९ चैत २४ शुक्रबार
nepse-stock-share-down-bear.jpg

काठमाडौं। नेपाली शेयर बजारको ओरालो यात्रा यो हप्ता रोकिएन। सरकारले पूर्णता पाए पनि बजारले भने कुनै सकारात्मक सङ्केत देखाएन। वित्तीय संस्थाको निष्क्रिय लगानीसँग सम्बन्धित धेरै समाचारहरू आउन थालेपछि पूँजीबजार केन्द्रित प्रश्नले आम लगानीकर्ताको मनमा आफ्नो लगानी र निक्षेप सुरक्षित छ कि असुरक्षित छ भन्ने आशङ्कामा डर र त्रास पैदा गरेको देखिन्छ । 

वित्तीय संस्थाको निष्क्रिय लगानीसँग सम्बन्धित धेरै समाचारहरू आउन थालेपछि पूँजीबजार केन्द्रित प्रश्नले आम लगानीकर्ताको मनमा आफ्नो लगानी र निक्षेप सुरक्षित छ कि असुरक्षित छ भन्ने आशङ्कामा डर र त्रास पैदा गरेको देखिन्छ । । सुरक्षित लगानीको अवधारणासहित सरकारी तथा गैरसरकारी संस्थाबाट प्रवाहित हुने सक्रिय वा निष्क्रिय कर्जा लगानीको प्रश्न र सोही ऋण सम्झौताबाट निर्धारण गरिएको ब्याजदरमा केन्द्रित भएर प्रतिफल के होला र पुँजीबजारमा के लगानी गर्ने भन्ने प्रश्न नयाँ होइन । 

तर, नेपालको पूँजी बजार जुवा हो भन्ने तर्क अन्य कारणले पनि उठेको र भ्रम पूर्ण लगानीको वातावरणमा सृजना गर्दै अफवाह फैलाउने तत्त्व हाबी भएको छ शङ्काहरू र हालको बजार अवस्था मिल्दोजुल्दो रह्यो । बुधवार ८.३९ अङ्कले बढेको नेप्से परिसूचक बिहीबार ८ दशमलव २८ अङ्कले घटेर १ हजार ८६६ दशमलव ७९ मा बन्द भयो । 

साप्ताहिक परिसुचक

तीन क्षेत्रको परिसूचक मात्र हरियोमा हुँदा "ट्रेडिङ परिसूचक" उच्चतम ०.१९ % ले बढ्यो भने "फाइनान्स परिसूचकले" कारोबार साता को अन्तिम दिन १.४२ % उच्चतम गिरावट झेलेसँगै, आज १,८७५.८८ को बिन्दुमा शुरुवाती कारोबार थालेको नेप्सेले १,८८८.८२ को इन्ट्राडे उच्च बिन्दु हासिल गर्दै ओरालो लाग्ने यात्रा यथावत राख्यो । ०.४४ प्रतिसतको गिरावटमा अन्ततः १८६६.७९ मा सात अन्त्य गरेको नेप्से मा बिहीबार २३ हजार ३८८ कारोबारबाट २६९ वटा शेयर कारोबार भयो भने कूल २ लाख ५८ हजार २२३ रुपैयाँ बराबरको शेयर साटासाट हुँदा बिहीबार कारोबार रकम ९१.३७ करोड पुगेको थियो । 

बुधवार रु. ७९.६४ करोड, मङ्गलवार ८८.२२ करोड, सोमबार ९१.२७ करोड तथा आइतबार १ अर्ब १६ करोड कारोबार रकम पुगेको थियो । उच्च गिरावटको यात्रा कायम राख्दै गरेको नेप्सेको ओरालो यात्रा यथावतनै रहेको छ ।

यस साता नेप्से परिसूचक १८६६.७९, सेन्सेटिभ परिसूचक ३५३.०३, फ्लोट परिसूचक १३०.५४, सेन्सेटिभ फ्लोट परिसूचक ११७.२६, बैङ्किङग परिसूचक १२०२.९२, होटेल परिसूचक ३१६५.४७, हाइड्रो परिसूचक २४६५.९३, डेभलपमेन्ट बैङ्क ३४१३.१९, म्यानुफ्याक्तारिंग परिसूचक ४२९९.६८, नन लाइफ इन्सुरेन्स परिसूचक ८४४४.५५, लाइफ इन्सुरेन्स ९३७१.२०, फाइनान्स परिसूचक १५७३.६७, ट्रेदिंग २०९९.९६, लघुवित्त परिसूचक ३३६८.९८, म्युटुअल फण्ड परिसूचक १३.२७, इन्भेस्टमेन्ट परिसूचक ६३.०५ तथा अन्य परिसूचक १४०३.७७ अङ्कको बिन्दुमा अन्त्य भयो।

लगानीकर्तामा डर

थप डर तथा भयको वातावरण, अनिश्चित राजनीतिक माहौल तथा अन्योल पूर्ण अर्थतन्त्रको गतिविधि बीच तरलताको अभावको स्थिति सृजना भई रहेको कुरा नौलो हैन । बजारमा विलीन स्थितिमा रहेको नगद तथा तरलतासँग जुध्न राष्ट्र बैङ्क तथा मन्त्रीस्तरीय बैठक जस्ता समाचार सम्प्रेषणसँगै आगामी हप्ता पनि लगानीकर्ता 'कुर अनि हेर'को स्थितिमा रहेका छन्।

यसै स्थिति आ कारण पनि आगामी साता पनि नेप्सेमा थप गिरावट आउने सङ्केत आङ्कलन गर्न सकिन्छ भने, पुँजी बजारमा लगानी गर्ने सोचमा रहेका आम लगानीकर्ताहरू यसै प्रतिकुल लगानी वातावरणका कारण पुँजी बजारमा थप लगानी गर्न हिचकिचाउने आङ्कलन गर्न सकिन्छ र माग को अभावमा नेप्सेले पुनः ओरालो यात्रा तय गर्ने निश्चित जस्तै रहेको छ।     



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ