- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
दार्चुला । मालिकार्जुन गाउँपालिका-२ न्वालपानीकी ईन्नरा धामीलाई बुधवार सुत्केरी व्यथा लाग्यो । सुत्केरी व्यथा लागेपछि स्वास्थ्य संस्था लग्न गाउँमा स्टेचरको खोजी हुन थाल्यो । तर कहीँ पनि स्टेचर भेटाउन सकिएन । गर्भवती ती महिलालाई पिठ्युँमा बोकेर लैजाने अवस्था पनि थिएन ।
केही सीप नचलेपछि स्थानीयहरूले काठमा डोरी बेर्दै मान्छे अटाउने स्टेचर निर्माण गरे । त्यसैमा हालेर धामीलाई वडा नम्बर २ कै भगवती स्वास्थ्य चौकी (वर्थिङ सेन्टर) ठिङ पुगाइयो ।
गाउँमा स्टेचर नहुँदा डोरीको स्टेचर बनाएर स्वास्थ्य संस्था पुगाएको स्थानीय प्रकाश सिंह धामीले बताए । उनले भने- "गाउँमा बिरामी बोक्नलाई एउटा पनि स्टेचर छैन, नत राम्रो बाटोघाटो नत सडक नै, कोही बिरामी भइहाले पनि अस्पताल पुगाउन जोखिम मोलेर घण्टौँ हिँड्नुपर्छ ।"
देश सङ्घीयतामा गएर गाउँमै सरकार भए पनि अझै दुर्गमका स्थानीयले सास्ती भोग्नुपरेको छ ।