arrow

श्रीमती कुट्ने उमेशलाई नियन्त्रणमा लिन गएका दुई प्रहरीमाथि चक्कु प्रहार

logo
प्रकाशचन्द्र भट्ट,
प्रकाशित २०८० माघ ७ आइतबार
Mahakali_Nagarpalika.png

दार्चुला । दार्चुलामा एक युवकले प्रहरीमाथि चक्कु प्रहार गरेका छन् । महाकाली नगरपालिका–१ दहका २४ वर्षीय उमेश कुँवरले आज दिउँसो १२ बजेतिर काममा खटिएका प्रहरी हवल्दार जयबहादुर खड्का र प्रहरी जवान डम्मरबहादुर ठगुन्नामाथि चक्कु प्रहार गरेका हुन् । 

चक्कु प्रहारबाट प्रहरी जवान ठगुन्नाको आँखाको तल्लो भाग र गर्धनमा चोट लागेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायव उपरीक्षक शिवबहादुर सिंहले जानकारी दिए । 

यस्तै प्रहरी हवल्दार खड्काको शरीरको पछाडिपट्टिको भागमा चोट रहेको छ । उमेशले श्रीमती धनिशालाई कुटपिट गर्ने गरेको भन्दै धनिशाकी दिदीले प्रहरीमा निवेदन दिएकी थिइन् । 

जिल्ला प्रहरी कार्यालयमा निवेदन आएपछि उमेशलाई नियन्त्रणका लागि सामुदायिक प्रहरी केन्द्र बाङ्गाबगरबाट गएको प्रहरी टोलीमाथि चक्कु प्रहार भएको प्रहरीले बताएको छ । 

चक्कु प्रहार गरेर कुँवर फरार भएका छन् । उनको खोजीका लागि प्रहरी टोली परिचालन गरिएको छ । उमेश र धनिशाले भदौमा भागेर बिहे गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ