arrow

कर्णालीका मुख्यमन्त्रीले भने- आजभोलि नै मन्त्रिपरिषद्‌लाई पूर्णता दिन्छौँ

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ ९ सोमबार
rajkumar-sharma-karnali-mukhyamantri.jpg

काठमाडौं ।  कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले छिट्टै मन्त्रिपरिषद्ले पूर्णता पाउने बताएका छन् । 

सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले)बीचको सिटको बाँडफाँट टुङ्गो यसअघि नै लागिसकेको जनाउँदै उनले केही प्राविधिक कारणले मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको जानकारी दिए । 

“अब आजभोलिसम्म हामी मन्त्रिपरिषद् विस्तारका साथै यसलाई पूर्णता दिन्छौँ”, उनले भने, “सत्तारुढ दलभित्र भएको सहमति कार्यान्वयनका सन्दर्भमा विमति छैन । मन्त्रालय समायोजन गर्ने कुरामा आएका प्राविधिक कठिनाइका विषयमा छलफलमा छौँ ।”

एमाले कर्णाली प्रदेशसभा दलका नेता यामलाल कँडेलले सात सदस्यीय मन्त्रिपरिषद् गठन गर्ने सहमतिअनुसार अगाडि बढ्नुपर्ने बताए । मन्त्रालय समायोजनको कुरा मुख्यमन्त्री नेतृत्वको सरकारले गर्ने जनाउँदै उनले मन्त्रिपरिषद्लाई पूर्णता दिने जिम्मेवारी आफूमा नरहेको स्पष्ट पारे ।

कर्णाली प्रदेशका प्रमुख सचिव डा गोपीकृष्ण खनालले मन्त्रालय समायोजनको प्राविधिक प्रक्रियालाई छिट्टै टुङ्ग्याइने बताए । उनले भने, “अब जे जसो गरी भए पनि मन्त्रालय समायोजनको विषयमा छिट्टै टुङ्गो लाग्छ ।” 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ