arrow

एनआईसी एसिया बैङ्कको लिलामी जग्गामा बदनियत, गल्ती स्विकार्दै पीडितलाई रकम फिर्ता गर्ने

logo
नारायण वली,
प्रकाशित २०७९ माघ १२ बिहिबार
NIC-Asia-Butwal1.jpg

रुपन्देही। एनआइसी एसिया बैङ्क लिमिटेड लुम्बिनी प्रदेश कार्यालय   बुटवलको जानकीनगरमा रहेको कार्यालय बुधवार तनावग्रस्त बन्यो । बैङ्कबाट पीडित बनेका पक्षहरूले मूल गेटमा तालाबन्दी गरे। कारण थियो, बैङ्कले गैर बैङ्किङ सम्पत्ति विक्री गर्ने क्रममा २०७८ माघ ४ गते प्रकाशित नयाँपत्रिका दैनिकमा ७ दिने लिलामी सूचना जारी गरेर बिक्री गरिएको घर/ जग्गा बैङ्कले आफ्नो नाममा रहेको भनी विक्री गरेकोमा तर अन्य व्यक्तिको ठहर भएपछि विवाद उत्पन्न भएको हो ।

बैङ्कले प्रकाशित गरेको सूचनामा साबिक बुटवल नगरपालिका वडा-९ ङ, हाल बुटवल उपमहानगरपालिका-११ स्थित रहेको कित्ता न.३९५, देवदह नगरपालिका-९ केरवानी स्थित कित्ता न.७३७ र सैनामैना नगरपालिका-१ दुधराक्ष स्थित कित्ता न.८५६ को जग्गालाई बुटवल उपमहानगरपालिका- ३ का राम प्रसाद पोख्रेलले किने । उनले बैङ्कसँग ९३ लाख ५० हजार रुपैयाँमा किने र जग्गा रजिस्ट्रेशन शुल्क ४ लाख हजार अन्य विविध खर्च ५ हजार समेत लगानीमा खरिद गरेको पीडित राम प्रसाद पोख्रेलले बताए ।

बैङ्कले मालपोत कार्यालय बुटवलमा २०७८ चैत्र ८ गते पोख्रेललाई पास गरिदिएको पाइएको छ । कित्ता न. ३९५ को ०-०-५ मा बनेको घर समेतको ७० लाख र दुधराक्षमा भएको कित्ता न.७३७ समेतको गरी ९३ लाख ५० हजार कायम गरी बिक्री गरेको पाइएको छ । पिडित राम प्रसाद भन्छन्, 'कित्ता न.३९५ को घरजग्गा भोगचलन गर्न गएका बेला सँधियारले विवाद गरेकाले नापी कार्यालय तथा बुटवल उपमहानगरपालिकाका प्राविधिक समेतबाट नक्सा अनुसारको घरजग्गा र क्षेत्रफलको तथ्य जाँच गर्नका लागि २०७९ असार १३ गते प्राविधिक बोलाएर जग्गाको क्षेत्रफललाई नियाल्दा उक्त घरजग्गा भनी बिक्री गर्ने क्रममा देखाइएको राजीनामा उल्लेखित घर अन्य व्यक्तिका अरू कित्ताहरूमा रहेको पुष्टि भएपछि मलाई विश्वासमा पारी बैङ्कबाट विक्री गरिएको घरजग्गाको राजीनामा कै अनुसूची १३ को ब्यहोरा बमोजिम बैङ्कको सम्पत्ति भएको र सो अनुसूचीको ब्यहोरा अनुसार फर्जी भएकाले खरिद गर्दाको सम्पूर्ण रकम फिर्ता पाउँ भनी मणिग्राम शाखा मार्फत प्रधान कार्यालय काठमाण्डौंमा निवेदन गरे तर न्याय पाएन" । न्याय पाउनुको साटो बैङ्क गल्ती स्वीकार गर्न आनाकानी गर्दै टार्न खोजेपछि बुधवार लुम्बिनी प्रदेश कार्यालय बुटवलको जानकीनगरमा पीडित पक्षले तालाबन्दी गरेर विरोध जनाए ।

पीडित पक्षहरूले बैङ्कले बेचेको सम्पत्ति लालपुर्जामा एउटा र क्षेत्रफलमा अर्कैको नाममा रहेको भेटिपछि आफूहरूलाई झुक्काएर ठगी गर्ने नियतले फसाउन थालेको र बैङ्कलाई उक्त समस्या समाधान गराउनका लागि आग्रह गर्दा कुनै वास्ता नगरेकाले बाध्य भएर तालाबन्दी गर्नुपरेको पीडित राम प्रसाद पोख्रेलका भतिज निरञ्जन पोख्रेलले बताए । 

बिहीबार नापी कार्यालय बुटवल पुगेका दुवै पक्षलाई नापी कार्यालयले बैङ्कले बिक्री गरेको जग्गामा बैङ्कको गल्ती भएको बताइएपछि सो बैङ्कको कर्तुतलाई  लुकाएर बचाउ गरी आलटाल गरेर टार्ने उद्देश्यले एनआईसी एसिया बैङ्कको केन्द्रीय कार्यालय काठमाडौंबाट आएका हौँ भन्ने तर परिचय दिन नमान्ने शङ्कास्पद कार्य देखाउँदै पीडित पक्षलाई सडकमा रोकेपछि ती दुईजना सुमित गिरी, ज्ञानेन्द्र पौडेल र प्रदेश कार्यालयका प्रमुख तिलक सुन्दर कार्कीको क्रियाकलापले पीडित पक्ष आक्रोशित हुन पुगेका थिए।

आक्रोशित पीडित पक्षले उनीहरूलाई बुटवल नापी कार्यालय अगाडिबाट नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका थिए । जहाँ केहिवेर तनाव भएपछि वडा प्रहरी कार्यालय रामनगरले  सुरक्षा दिदै जिल्ला प्रहरी कार्यालय भैरहवामा पुर्‍याएको थियो ।

एनआईसी एसिया बैङ्कले आफ्नो नाममा छ भनेर व्यक्तिलाई बेचेको र बैङ्कले सो जग्गामा घर पनि छ भनेर बेचेको भएपनि हाल कित्तामा त्यसो नभएको विभिन्न कागजातबाट पुष्टि भएपछि एनआईसी एसिया बैङ्कको लुम्बिनी प्रदेश कार्यालयको कार्यप्रति शङ्का पैदा उब्जिएको छ ।

बैङ्कका कर्मचारीहरूलाई भित्रै राखेर गरिएको कार्यालयको तालाबन्दी खोल्न पुगेको प्रहरी निरीक्षक राजकुमार थापाको टोलीले गेटको चाबी खोल्न उर्दी गर्दै नखोले मानव बन्धक मुद्दा चलाउने पीडित पक्षलाई धम्की दिएका थिए । जुन निरिक्षक थापा बोलेको कैद गरिएको भिडियो सुरक्षित छ । सो क्रममा पीडितका आफन्त निरञ्जन पोख्रेलले प्रहरीले सुरक्षा दिने हो, पीडितलाई धम्काउने होइन, भन्दै प्रहरी निरीक्षक थापालाई के हामीलाई बैङ्कले गरेको ठगीको समस्या तपाईँले मिलाई दिनुहुन्छ ? भनी प्रश्न गर्दै बैङ्कलाई ध्यानाकर्षण बनाउनका लागि  शान्तिपूर्ण तालाबन्दी गरेकाले जबरजस्त हस्तक्षेपको भाषा नबोल्न सुझाएका थिए ।

बोल्नै चाहेनन् बैङ्कका प्रमुख तिलक सुन्दर कार्की

बैङ्कबाट ठगिएका राम प्रसाद पोख्रेल र प्रमुख कार्की नजिकैका छिमेकी भएको पाइएको छ । छिमेकीको नातामा जोडिएका पीडित पक्षलाई न्याय दिने पक्षमा बैङ्कका प्रमुख कार्कीको सहजीकरण चित्त बुझ्दो देखिएको थिएन । जसले गर्दा पीडित पक्षको आरोप होकी बैङ्कले बदमासी गरेको हो भन्ने जिज्ञासा राख्दा हाम्राकुराकर्मीसँग जङ्गिँदै सूचना अधिकारीलाई सोध्न जवाफ दिएका थिए ।

बैङ्कले गल्ती स्विकार्दै रकम फिर्ता दिने सहमति 

विवादपछि उत्पन्न परिस्थितिले जिल्ला प्रहरी कार्यालय भैरहवा पुगेको पीडित पक्ष र बैङ्कका प्रतिनिधि बिच छलफल गराउँदा बैङ्कले आफ्नो गल्ती स्विकार्दै ०७९ माघ ११ गतेदेखि लागू हुनेगरी ४५ दिनभित्र पीडितलाई पैसा फिर्ता गर्ने गरी प्रहरीको रोहवरमा बैङ्कको कागजमा लिखित सहमति भएको पीडित पक्षका छाँया पोख्रेलले जनाए । 

यसैबिच बैङ्कले अन्य सर्वसाधारणलाई पनि पीडित बनाएको विरोध भेलामा अर्का एक पीडित पनि आएका थिए । बुटवलका आदर्श भट्टराई बुटवल तामनगर, सेमलारमा ८० लाखमा लिलाममा घरजग्गा सखारे पनि २ वर्ष हुँदासम्म न घर, न रकम नपाएको गुनासो पोखे । गलत तरिकाले धितो मूल्याङ्कन गर्ने र नाप नक्सा प्रमाणीकरणमा बेवास्ता गर्दै ऋण उपलब्ध गराउँदै आएकाले यस्तो समस्या आएको  पीडितहरूको भनाई थियो ।

No description available.



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ