arrow

अख्तियारले गलत समयमा गलत कदम चाल्यो: थापा

logo
प्रकाशित २०७३ असोज ५ बुधबार
Akhtiyar-Durupayog-anusandhan-aayog.jpg.jpeg
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का नेता मणि थापाले अख्तियार अनुसन्धान आयोगले गलत समयमा गलत कदम चालेको आरोप लगाएका छन् । 
 
बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता थापाले भने,‘प्रधानमन्त्री भारत भ्रमणमा गएको वेला बेलुका पत्रकार सम्मेलन गरेर अख्तियारले गलत कदम चालेको छ, यो गलत समयको गलत कदम मात्रै हो ।’
 
नेता थापाले लडाकु घोटलालाई लिएर अख्तियारले ल्याएको कुरा अस्वभाविक भएको आरोप लगाए । थापाले अदालतले नै अख्तियार प्रमुखको नियुक्तीलाई लिएर प्रश्न चिन्ह खडा गरिरहेको वेला अख्तियारले लडाकु घोटाला काण्ड उचालेर बार्गेनिङ् गर्न खोजेको आरोप लगाए । उनले अघि थपे,‘हामी कडा रुपमा प्रतिवाद गर्छौं ।’
 
उनले प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमण सफल भएकोले एमालेले आँत्तिएर प्रतिक्रिया दिईरहेको उल्लेख गर्दै भने,‘एमाले आँत्तिएको छ, द्धिपक्षीय सम्बन्ध सुमधुर भएको छ, छिमेकीसँगको सम्बन्ध प्रगाढ भएकोमा कसैले दुःख मान्नुहुँदैन् ।’ उनले प्रधानमन्त्रीको भारत भ्रमणको कुरालाई लिएर दुईपक्षीय सम्झौतालाई भाँड्न खोजेको आरोप लगाए ।
 
संविधान संशोधन गरेर मुलुकलाई राष्ट्रिय एकतामा ल्याउनु सरकारको पहिलो प्राथमिकता रहेको बताए । उनले थपे,‘संविधान संशोधन छिट्टै अगाडि बढ्छ, हामी सबैपक्षसँग छलफलमा छौं, घनिभूत छलफलबाटै निकास निकाल्छौं ।’ असन्तुष्टहरुको आवाजलाई सम्बोधन गर्न सरकार गम्भिर रहेको उनको तर्क थियो । थापाले भने,‘मोर्चाका जाजय मागहरु संशोधनमार्फत सम्बोधन हुन्छन् ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ