arrow

तेस्रोपटक प्रभु बैंकको सीईओ बने शेरचन

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ १३ शुक्रबार
prabhu-bank.jpg

काठमाडौं ।  प्रभु बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा अशोक शेरचन पुनः नियुक्त भएका छन् ।

बिहीबार बसेको बैंक सञ्चालक समितिको बैठकले आगामी चार वर्षका लागि शेरचनलाई सीईओमा पुनः नियुक्त गर्ने निर्णय गरेको हो । यसअघि दुई कार्यकाल बैंकको सीईओ बनिसकेका शेरचन पुनः तेस्रो पटक नियुक्त भएका हुन् । सेञ्चुरी बैंकलाई प्राप्ति गरेसँगै उनले तेस्रोपटक बैंकको सीईओ बन्ने अवसर पाएका छन् । 

सन् १९९५ सालमा नेपाल क्रेडिट एण्ड कमर्स बैंकबाट बैंकिङ करिअर सुरु गरेका शेरचनसँग २७ वर्षको बैंकिङ अनुभव छ । उनी सन् २००७ मा प्रभु फाइनान्सको सीईओ बनेका थिए । तत्कालिन प्रभु फाइनान्स र प्रभु विकास बैंक मर्ज भएपछि बैंकको सीईओको जिम्मेवारी शेरचनले नै पाएका थिए ।

जेनिथ फाइनान्स, गौरीशङ्कर डेभलपमेन्ट बैंक र किस्ट बैंकलाई प्राप्तिपश्चात् पनि शेरचन नै बैंकको सीईओ भएका थिए । प्रभु विकास बैंकको सीईओ हुँदै प्रभु बैंकको सीईओ भएका हुन् । आगामी माघ १८ देखि उनको तेस्रो कार्यकाल सुरु हुनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ