arrow

साबलेन्काले जितिन् अष्ट्रेलियन ओपन 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ १५ आइतबार
aryana-sablenka.jpg

काठमाडौं । अष्ट्रेलियन ओपन टेनिस अन्तर्गत महिलातर्फको उपाधि बेलारुसकी आर्यना साबलेन्काले जितेकी छिन् । मेलबर्नमा शनिबार भएको फाइनलमा काजकिस्तानकी एलिना रेबाकिनालाई हराउँदै साबलेन्का च्याम्पियन बनेकी हुन् ।

पाँचौं वरीयताकी २४ वर्षीया साबलेन्का ४–६, ६–३ र ६–४ ले विजयी भइन् । उनको यो पहिलो ग्रान्डस्लाम उपाधि हो । 

अष्ट्रेलियन ओपनको पुरुषतर्फको उपाधिका लागि सर्बियन खेलाडी नोभाक जोकोभिच र ग्रीसका स्टेफानोस सित्सिपास भिड्दै छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ