arrow

हुण्डी कारोबारी पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ २३ सोमबार
nepal-police12.jpg

काठमाडौं ।  प्रहरीले काठमाडौँबाट हुण्डी गर्न सङ्कलित रु ७८ लाख ५० हजार र चार लाखको चेकसहित दुई हुण्डी कारोबारीलाई पक्राउ गरेको छ ।

काठमाडौँमा विभिन्न व्यक्तिहरूले नेपाल राष्ट्र बैँकले जारी गरेको आदेश/निर्देशन विपरीत इजाजतपत्र नलिई वित्तीय कारोबार (हुण्डी) गरिरहेको भन्ने गोप्य सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिए ।

कार्यालयको विशेष टोलीले निगरानी गर्ने क्रममा उनीहरूबाट हुण्डी गर्न सङ्कलित उक्त रकमसँगै रु चार लाखको चेकसमेत बरामद गरेको छ । यसरी पक्राउ पर्नेमा कैलाली घर भई काठमाडौँको बिजुलीबजार बस्ने किशोर चौधरी र सोही ठाउँका दीपेन्द्रबहादुर मल्ल रहेका छन् ।

मल्लले पाँच वर्षदेखि र चौधरीले चार महिनादेखि उक्त कारोबार गर्दै आएको पाइएको कोइरालाले जानकारी दिए । उनीहरूलाई राष्ट्र बैंक ऐन, २०५८ को दफा ९५ बमोजिम आवश्यक कारबाहीका लागि आइतबार जिल्ला प्रहरी परिसर काठमाडौँमा बुझाइएको उनले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ