arrow

प्रभु बैङ्क र हिमालय दृश्य रिसोर्टबीच आकर्षक छुट प्रदान गर्ने सम्झौता

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ २४ मंगलबार
prabhu-bank-himalayan-drishya-resort.jpg

काठमाडौँ। प्रभु बैङ्क लिमिटेड र धुलिखेल स्थित हिमालय दृश्य रिसोर्टबीच विभिन्न सेवाहरूमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ। बैङ्कका तर्फबाट पुतलीसडक शाखा कार्यालय प्रमुख चिजन पौडेल र हिमालय दृश्य रिसोर्टका तर्फबाट सहयोगी निर्देशक बबिता पाण्डेद्वारा उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन्।

प्रभु बैङ्क र उक्त रिसोर्ट बिच सम्पन्न सम्झौता अनुसार प्रभु बैङ्कमा खाता खोली बैङ्किङ कारोबार गरिरहनुभएका सम्पूर्ण ग्राहकहरूले हिमालय दृश्य रिसोर्टद्धारा सञ्चालित “फुड” र “वेभरेज” (ए’ला कार्ट मेनु) सेवामा १० प्रतिशतका छुट प्राप्त हुने भएको छ।

उक्त सम्झौता अन्तर्गत हिमालय दृश्य रिसोर्टमा सुविधा लिन चाहनु हुने प्रभु बैङ्कका ग्राहकहरूले प्रभु बैङ्कको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैङ्किङ, इन्टरनेट बैङ्किङ च्यानलहरू प्रयोग गरी भुक्तानी गर्दा, हिमालय दृश्य रिसोर्टका उल्लेखित सेवामा आकर्षक छुट प्राप्त हुने व्यवस्था मिलाइएको छ। यस सम्झौताबाट बैङ्कका सम्पूर्ण ग्राहकहरू लाभान्वित हुने भन्ने बैङ्कले विश्वास लिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ