arrow

जनताका समस्यासँग सँगसँगै यात्रा गर्ने छु – प्रदेश सभापति बलायर 

logo
सुनील आउजी,
प्रकाशित २०७९ माघ २४ मंगलबार
bir-bahadur-balayar-2079-10-22.jpg

धनगढी । नेपाली  कांग्रेसका सुदूरपश्चिम प्रदेश सभापति तथा प्रतिनिधि सभा सदस्य वीरबहादुर बलायरले आफ्नो क्षेत्रका जनताका समस्यासँग सँगसँगै यात्रा गर्ने बताएका छन् । 

गोदावरी नगरपालिका स्तरीय माघ विशेष सांस्कृतिक कार्यक्रमलाई सम्बोधन गरदै नेता बलायरले सो कुरा व्यक्त गरेका हुन । नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश सभापति एवं पूर्व मन्त्री बलायरले थारु दलित, पिछडिएको वर्गहरुको हक अधिकार  संरक्षण  गर्न आफू इमान्दार भएर लाग्ने बताए । 

थारु लोकसंस्कृति संरक्षण सम्बर्द्धनमा गर्ने र थारु संस्कृतिको संरक्षण गर्न  नेपाली काँग्रेस जहिल्यै पनि तयार रहेको उनले बताए । 

प्रदेश सभापति बलायरले थारु समुदाय संस्कृतिमा धनी थारुको संस्कृति दिन प्रतिदिन लोप हुँदै गएकोले र लोक संस्कृतिलाई बचाउन सबैले लाग्न थारु समुदायलाई आग्रगरे ।

उनले थारु समुदायको हरेक साल भलमन्सा चुनिने तथा लावा भलमन्सा गाउँ समाजको काम गर्ने आफूले प्रतिनिधि सभामा कानून निर्माणका लागी पहल गर्ने बताए ।  

अगामी दिनमा दीर्घकालीन योजना बनाएर  भलमन्सा गाउँ समाजमा  कानूनी मान्यत दिन सरकारसँग पहल गर्ने र यसका लागि आफूले संसदमा यो मुद्धा उठाउने काम गरेर देखाउने  बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ