काडमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले १ फागुनलाई ‘जनयुद्ध दिवस’ पुष्पकमल दाहाल प्रचण्ड सरकारको निर्णयमा प्रश्न उठाएका छन् ।
आज अर्थात १ फागुनलाई जनयुद्ध दिवस मनाउने सरकारी निर्णयको बारेमा विभिन्न टिका टिप्पणी भइरहेको बेला कोइरालाले यस्तो टिप्पणी गरेका हुन ।
‘एकातिर स्वयं प्रधानमन्त्री सार्वजनिक बिदा कटौती गरौं भन्दै हुनुहुन्छ तर एकाएक आएर सरकारले संविधानले चिन्दै नचिनेको जनयुद्ध दिवसका नाममा सार्वजनिक बिदा दिने घोषणा गरेको छ,’ कोइरालाले ट्विट गर्दै प्रश्न गरेका छन, ‘आम नेपाली जनतासामु सरकारले के सन्देश दिन खोजेको ? देश कता जाँदैछ ? कस्तो शासन व्यवस्थाको अभ्यास गर्न खोजिदैछ ?’
जनयुद्ध दिवसको अवसरमा सरकारले आज देशब्यापी सार्बजनिक बिदा दिने निर्णय गरेको छ ।