सोमबारको बालाजु घटनामा उचित सुरक्षा दिन नसकेको भन्दै डीएसपी विष्टको सरुवा
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन २ मंगलबार
4.7k
Shares
काठमाडौं । बालाजु क्षेत्रको उचित सुरक्षा व्यवस्था गर्न नसकेको भन्दै बालाजु वृत्तका डीएसपी रविन विष्टलाई उपत्यका प्रहरी कार्यालय तानिएको छ । बालाजु क्षेत्रमा सोमबार भएको आगजनी र लुटपाटको घटनामा डीएसपी विष्टले उचित सुरक्षा प्रबन्ध गर्न नसकेको भन्दै प्रहरी उपत्यका प्रहरी कार्यालयले तानेको हो ।
उनको स्थानमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा रहेका डीएसपी मनोजित कुँवरलाई पठाइएको छ । सोमबार आन्दोलनरत यातायात मजदूरहरुले प्रहरीको दुईवटा भ्यान र अस्थायी प्रहरी बिट जलाएका थिए ।
त्यस्तै ल्होल्से मलमासमेत तोडफेड गरेका थिए । उनीहरुले आफूहरुको माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने चेतावनी दिँदै आजबाट उपत्यकामा सार्वजनिक यातायात नचलाउने घाषणा गरेका भए पनि यातायात मन्त्रालयमा भएको वार्तामा सहमति बनेपछि सार्वजनिक यातायात सञ्चालन गर्दैछन् ।