arrow

रोकिएन ग्यास सिलिण्डर विस्फोटः लहलौरामा दुई जना घाइते

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन ४ बिहिबार
cylinder-explode.jpg
तस्बिर – सांकेतिक ।

दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका–१६ लहलौरामा आज  खाना पकाउने ग्यास सिलिण्डर विस्फोट हुँदा दुई जना घाइते भएका छन् । घाइते हुनेमा तुलसीपुर उपमहानगरपालिका–१६ लहलौराका ५० वर्षीया कुसुम केसी र चितवन जिल्ला भरतपुर महानगरपालिका–५ घर भई हाल तुलसीपुर–१६ मा बस्दै आएका २९ वर्षीय आशिष खनाल रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

तुलसीपुर–१६ मा रहेको कृषि बीउ उत्पादन कम्पनीमा खाना पकाउने क्रममा सिलिण्डर ग्यास विस्फोट हुँदा केसीको कम्मरमुनिको भाग जलेको छ भने खनालको दुवै हात र खुट्टा जलेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख एवं प्रहरी नायव उपरीक्षक पुष्पराज मल्लले जानकारी दिए ।

दुवै जनाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगञ्ज पठाइएको छ । घाइतेमध्ये कुसुमको अवस्था गम्भीर रहेको छ भने आशिषको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । 

यस्ता घटनाहरु दैनिकजसो सुनिन थालेका छन् । 

गएराति नेपाली कांग्रेसका सांसद डा. चन्द्र भण्डारीको घरमा ग्यास सिलिण्डर विष्फोट हुँदा भण्डारीको अवस्था गम्भीर छ भने उनकी आमाको निधन भएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ