arrow

जन्ममिति विवादपछि डीआईजी सिंहले दिए राजीनामा, भावी आईजीपीका धावक साघुरिँदै 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन १० बुधबार
dig-ashok-singh.jpg
तस्बिर – फाइल ।

काठमाडौं । नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले आज आफ्नो पदबाट राजीनामा दिएका छन् । उनले आज प्रहरी प्रधान कार्यालयमा राजीनामा बुझाएको केन्द्रीय प्रहरी प्रवक्ता पोषराज पोखरेलले जानकारी दिए । 

सिंह हाल सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको प्रमुखका रुपमा कार्यरत छन् । उनको जन्म मितिको विवादित विषय हालै सार्वजनिक भएको थियो । उक्त विषयमाथि छानबिनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । 

सोही विषयमा उनले राजीनामा दिएको अनुमान गरिए पनि यकिन कारण भने खुलेको छैन । प्रहरी प्रवक्ता पोखरेलले घरायसी कारण उल्लेख गरेर राजीनामा दिएको उल्लेख रहेको बताए । 

प्रहरीले राजीनामा स्वीकृतिका लागि गृह मन्त्रालयमा पठाउन लागेको बताइएको छ । 

आउँदो चैत ११ पछि नियुक्त हुने प्रहरी महानिरीक्षकको दाबेदारीको रुपमा रहेका सिंहले राजीनामा दिएसँगै अब महानिरीक्षकको दौडमा डीआईजी टेकप्रसाद राई, वसन्त कुँवर, दीपक थापा देखिने छन् । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ