arrow

सन्दीप विदेश जान नपाउने 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन १२ शुक्रबार
sandeep-lamichhane-2079.jpg
तस्बिर – फाइल ।

काठमाडौं । बलात्कार आरोप खेपिरहेका राष्ट्रिय क्रिकेट टिमका क्रिकेटर सन्दीप लामिछाने विदेश जान नपाउने भएका छन् । विदेश जान पाउनु पर्ने माग गर्दै दिएको निवेदनमा सर्वोच्च अदालतले आज कुनै आदेश दिएन । उनको मागमा आइतबार थप सुनुवाइ हुने भएको छ । 

सर्वोच्चको थप आदेश नआउँदासम्म सन्दीप विदेश जान पाउने छैनन् । यसअघि थुनामा रहेका बेलामा धरौटीमा रिहा हुन माग गरेअनुसार गत पुस २८ गते उच्च अदालत पाटनले उनलाई २० लाख धरौटीमा रिहा हुने आदेश दिएको थियो । 

त्यो आदेशमा सन्दीप विदेश जान नपाउने उल्लेख रहेको थियो । सर्वोच्चमा सन्दीपले पेस गरेको रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश ईश्वर खतिवडाको इजलासले महान्यायाधीवक्ता कार्यालय र सनदीपको निवेदन एकसाथ राखेर आउँदो आइतबार पेशी तोक्न आदेश दिएको छ ।

सन्दीपले शनिबार राष्ट्रिय टिमको टोली यूएईमा हुने आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक क्रिकेटमा सहभागी हुन नेपाली टिम जाँदै गर्दा आफू पनि जान पाउनु पर्ने माग गरेका थिए । 

तर सोमबारदेखि शुरु हुने यूएई र पपुवा न्यूििगनीसमेत सम्मिलित श्रृंखलामा सहभागीता जनाउन पाउने छैनन् । 

महान्यायाधीवक्ताको कार्यालयले यसअघि नाबालिग बलात्कारको आरोपका अभियोगीलाई थुनामै राखेर मुद्दा चलाउनु पर्ने भन्दै सर्वोच्चमा निवेदन दिएको थियो । सर्वोच्चले उक्त निवेदनमा उच्च अदालत पाटनको फैसला झिकाएको छ । 

यसअघि नाबालिग बलात्कार मुद्दामा काठमाडौं जिल्ला अदालतले कात्तिक १८ मा मुद्दाको अन्तिम टुंगो नलागुन्जेलसम्म थुनामा राख्न दिएको थियो । 



नयाँ