- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । बलात्कार आरोपमा मुद्दा खेपिरहेका राष्ट्रिय टिमका पूर्व कप्तान तथा लेग स्पिनर सन्दीप लामिछानेको मुद्दामा आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ ।
सन्दीपलाई धरौटीमा छाड्ने की थुनामै राख्ने भन्ने मुद्दामा सर्वोच्च अदालतमा सुनुवाइ हुन लागेको हो । उनले क्रिकेट खेल्नका लागि विदेश जान पाउनु पर्ने मागको मुद्दामासमेत आज सुनुवाइ हुनेछ ।
क्रिकेट खेल्न विदेश जान पाउँ भन्दै सन्दीपले दायर गरेको मुद्दामा शुक्रबार सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले आजका लागि पेशी तोक्न आदेश दिएको थियो ।
महान्यायाधीवक्ताको कार्यालयले माघ १७ गते सन्दीपलाई धरौटीमा छाड्ने उच्च अदालत पाटनको आदेशविरुद्ध सर्वोच्च अदालतमा निवेदन दिएको थियो । निवेदनमा गम्भीर अपराधको मुद्दामा थुनामै राखेर मुद्दा प्रक्रिया अगाडि बढ्नु पर्ने भनिएको छ । आजको सुनुवाइ यसै विषयमा केन्द्रीत हुनेछ ।
गत पुस २८ गते उच्च अदालत पाटनले सन्दीपलाई २० लाख धरौटीमा छाड्न आदेश दिएको थियो । सन्दीप पुस २९ गते धरौटी बुझाएर थुनामुक्त भएका थिए । तर उक्त आदेशमा उनलाई विदेश जान भने रोक लगाएको थियो ।
एक नाबालिकालाई बलात्कार गरेको अभियोगमा जिल्ला अदालत काठमाडौंले उनलाई कार्तिक १८ गते पुर्पक्षका लागि थुनामा पठाएको थियो ।